20200405

नेपालीलाई ‘बीसीजी’ले कोरोनाबाट जोगाएको हुनसक्ने अमेरिकी अध्ययनको निष्कर्ष

नेपालीलाई ‘बीसीजी’ले कोरोनाबाट जोगाएको हुनसक्ने अमेरिकी अध्ययनको निष्कर्ष
नेपालीलाई श्रीपशुपतिनाथको कृपाले नै कोरोनाबाट बचाइरहेको हुनसक्ने अनुमानमा केही न केही दम भने देखिन्छ ! 
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या न्यून रहेको र कोविड-१९ को कारण कसैको मृत्युको रिपोर्ट नआउँनु सुखद अनुभूति हो। यसको पछाडि के कस्ता कारण हुनसक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य रूपमा दिइने बीसीजी खोपको कारण नेपालीको कोविड-१९ विरुद्धको प्रतिरक्षा दह्रो बनेको हुनसक्छ। 

कोविड-१९ संसारका धेरैजसो देशमा फैलिएको भएपनि यो रोग को प्रभाव भने बिभिन्न देशमा फरक-फरक देखिएकोले विश्वका बिभिन्न मुलकको तथ्यांक संकलन गरी राष्ट्र्रिय बीसीजी खोप नीति र कोविड-१९ मृत्युदरबीचको सहसम्वन्धको विश्लेषण गरिएको हो।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गत रहेको डिपार्ट्मेन्ट अभ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले संयुक्त रुपमा गरेको अनुसन्धानको रिपोर्ट अनुसार राष्ट्रव्यापि बीसीजी खोप नीति र कोविड-१९ को मृत्युदरबीच सहसम्बन्ध रहेको देखाउँछ। 

बीसीजी खोपले साधारणत: श्वासप्रणालीको संक्रमणबाट बचाउँछ। यी शोधकर्ताले धेरै देशको बीसीजी भ्याक्सिनेशन पोलिसी र कोविड-१९ मृत्युदरको बीचमा रहेको हुनसक्ने तादत्म्यतालाई खोतलेका थिए।

नेपालीलाई श्रीपशुपतिनाथको कृपाले नै कोरोनाबाट बचाइरहेको हुनसक्ने हाम्रो अनुमानमा केही न केही दम भने देखिन्छ। बीसीजी खोपको प्रभावले नै हामी नेपालीको रोग-प्रतिरोधात्मकताको काम गरिरहेको रहेछ भन्ने कुराको पुष्टी भैहाले पनि हाम्रो नेपाली तर्क भने फेल खाँदैन । त्यो के भने यदि श्रीपशुपतिनाथको कृपा नभएको भए हामीले बीसीजीको खोप नै पो कसरी पाउने थियौं र?

उनीहरुको विश्लेषणले लामो समयदेखि वालवालिकालाई अनिवार्य रुपमा बीसीजी खोप दिने नीति अंगालेका देशको तुलनामा यस्तो अनिवार्यता लागु नगरेका इटाली, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिका जस्ता देश कोरोनाबाट बढी प्रभावित भएको देखाएको छ। 

यसैगरी अनिवार्य बीसीजी नीति ढिला सुरु भएका देशमा पनि कोरोनाको उच्च मृत्युदर देखियो। उदाहरणको लागि इरानले अनिवार्य बीसीजी नीति १९८४ देखि मात्र शुरु गरेको थियो, जसको कारण त्यहाँको वृद्ध जनसंख्यामा मृत्युदर उच्च छ। जापानले सन् १९४७ देखि नै बीसीजी खोप लागु गरेको थियो। स्मरण रहोस्, जापानमा कोविड-१९ को प्रारम्भदेखि नै संक्रमित संख्या रहेको भएपनि र लकडाउनजस्ता सामाजिक अलगावको सबैभन्दा कडा प्रकार लागु नगरे पनि कम मृत्युदर भने त्यहाँ उच्च छैन।

मृत्युदर मात्रै होइन बरु बीसीजी खोपको दीर्घकालीन प्रभाव रहेको देशमा कोविड-१९ भएका व्यक्तिको रिपोर्टेड संख्यामा पनि उल्लेख्य कमी देखिएको छ। यदि यो सोधले देखाएको प्रारम्भिक नतिजा अन्य शोधबाट पनि प्रमाणित हुँदै गएमा कोविड-१९ बिरूद्धको लडाईमा बीसीजी भ्याक्सिनेशनले एक नयाँ सम्भावित ढोका खोल्नेछ। 

नेपालीलाई हालसम्म पशुपतिनाथले कोरोनाबाट बचाइरहेको हुनसक्ने हाम्रो अनुमानमा केही न केही दम भने देखिन्छ। बीसीजी खोपको प्रभावले नै हामी नेपालीको रोग-प्रतिरोधात्मकताको काम गरिरहेको रहेछ भन्ने कुराको पुष्टी भैहाले पनि हाम्रो नेपाली तर्क भने फेल खाँदैनः यदि पशुपतिनाथको कृपा नभएको भए हामीले बीसीजीको खोप नै पो कसरी पाउने थियौं ? - साभार : ब्रेकलिँक्स 



कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER


कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !

Image may contain: 2 people- रामप्रसाद खनाल  
अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनिज कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको "रामनाम सत्य" भैसकेको छ भने ३५,१७९ जनामा चाइनिज कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् - संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् ।

जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ तालु सुकिसकेका छन् र अहिले संसार पहिलो र दोस्रो विश्व युद्ध पछिको नसोचेको भयङ्कर भाइरस विश्वयुद्धमा फसेको छ ।

मर्ने कसैलाई रहर हुँदैन तर अहिले मान्छे सङ्क्रमित नभएको वा नमरेको सहर विरलै कल्पना गर्न थालिएको छ । संसारका १९३ देश र टेरेटोरीमा कोरोना भाइरस रूपी यमराज छिरिसकेको छ । थाहा छैन यो यमराजले अब कतिको राम नाम सत्य बनाएर छाड्ने हो ।


GO TO HOME PAGE


Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक