20200405

न्यूयोर्कको घटनाले नआत्तिनुहोला, नडराउनु होला ।

Can people spread coronavirus after they recover? | Live Science
अमेरिकामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु ! 
न्यूयोर्कको घटनाले नआत्तिनुहोला, नडराउनु होला । न्यूयोर्कमा मृत्‍यु भएका भनिएका  चारै जना नेपालीहरु सबैजनाको कोरोना भाइरसको कारण मृत्‍यु  भएको होइन । यो बेला सँयम हुने, आत्मबल बलियो बनाउने, सरकार र आधिकारिक निकायहरुका सूचना र गाइडलाइन्स फलो गर्ने, चिकित्सकहरुको परामर्श लिने, सके सम्म सुरक्षित रहने उपायहरु अपनाउने बेला हो ।

अमेरिकामा अहिले यो बेला फ्लु हुने, रुघा खोँकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बेला पनि हो । हामीलाई हल्का केही हुने बित्तिकै कोरोना भाईरस नै लागेछ कि भन्ने शँका र डर लाग्नु स्वभाबिकै हो तर धेरै अत्तालिने काम नगरौं ।   

हामी नेपालीहरुले सानैमा नेपालमा गाउँ गाउँ देखी नगर सम्मका घुम्ती शिबिरहरुमा बिसिजी खोप लगाएका पनि छौं । अमेरिकी एउटा अनुसन्धानले बिसिजी खोप लगाएकाहरुमा कोरोना भाईरसको प्रभाब कम पर्ने आसयको रिपोर्ट सार्वजनिक भैसकेको छ । त्यस कारण धेरै चिन्ता लिने काम कसैले पनि नगरौं । कोरोना भाईरस लाग्दैमा सबै मरिन्छ भन्ने होइन । संसार भर हेर्नुस, दुई लाख साठी हजार भन्दा बढीलाई निको पनि भैसकेको छ । तर साबधानी अपनाउन कसैले नभुलौं ।

अमेरिकामा ३३ करोड जनसंख्या छ । दुई करोड भन्दा बढी गैर अमेरिकी नागरिक छन । त्यसैले केही मर्ने, प्रभाबित हुने संख्या जनसंख्या सँग पनि दाँजेर हेरौं । नेपाल मा पनि धुवाँ धुलो, फोहोर, उकाला ओराला हर चिज थेगेर आएका  हामीलाई कोरोना भाईरसले सजिलै ढलाउन त कसरी सक्ला र होइन र ? हुन त हाम्रो चोला एक दिन मरेर जाने नै हो ढिलो चाँडो । तर हाम्रै थुप्रै नेपालीहरुले कोरोनासँग को लडाईं जितेर घर फर्किनुभएका कयौं उदाहरण छन । बुढापाकाले भनेको सम्झिउँ त पिठो नसकिएको भए मरिन्न । ढुक्क हुनुस् । त्यस माथि हामी पशुपतिनाथका भक्त । पशुपतिनाथले सबैको कल्याण गरुन । धन्यवाद ।

- रामप्रसाद खनाल -  अध्यक्ष्य 
अन्तर्राष्ट्रिय कलाकार मञ्च ( www.IAFAmerica.com ) 
प्रधान सम्पादक - www.Nepalmother.com   

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !



गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER


कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !

Image may contain: 2 people- रामप्रसाद खनाल  
अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनिज कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको "रामनाम सत्य" भैसकेको छ भने ३५,१७९ जनामा चाइनिज कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् - संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् ।

जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ तालु सुकिसकेका छन् र अहिले संसार पहिलो र दोस्रो विश्व युद्ध पछिको नसोचेको भयङ्कर भाइरस विश्वयुद्धमा फसेको छ ।

मर्ने कसैलाई रहर हुँदैन तर अहिले मान्छे सङ्क्रमित नभएको वा नमरेको सहर विरलै कल्पना गर्न थालिएको छ । संसारका १९३ देश र टेरेटोरीमा कोरोना भाइरस रूपी यमराज छिरिसकेको छ । थाहा छैन यो यमराजले अब कतिको राम नाम सत्य बनाएर छाड्ने हो ।

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक