
एउटा मनुवा
सत्र हजार लास माथि चढेर आए
अर्का मनुवा
झापामा टाउका गिंडेकै भरमा,
हर्लक्कै बढेर आए
कुकुर र बिराला झैँ लड्ने यिनीहरू दुवै
खोइ कता बाट कस्तो जडीबुटी पाए ??
एकाएक हात मिलाए
गला मिलाए
आलिङ्गनमा बाँधिए
समलिङ्गी जोडी जस्तै !
एउटै कुर्सी, एउटै टेबल
टाँसिएर देखाए,
गाँसिएर देखाए
अरूलाई पिरेर देखाए
एउटै माला भिरेर देखाए
अहिले एकाएक बादल छाएको छ
लाल मोहर लागेर नयाँ ऐन आएको छ
एउटा बिरामी बालुवाटारमा जुटेर बसेको छ
अर्को बिरामी खुमलटारमा मासु भुटेर बसेको छ
कोरोना भाइरसले आच्छु आच्छु पारेको जनतो
पुलिसको लाठी खाँदै लक डाउनमा फसेको छ
हुरी चल्ला जस्तो छ
आँधी आउँला जस्तो छ
फेरी पनि जनतो सबै भन्दा सस्तो छ
कोरोनाले लगे पनि जाने जनतो
कथम कदाचित बाँचे पनि
उनीहरूको रख्यौल हुने पनि जनतो
उनीहरूलाई जे गरे पनि सन्चो
यता गए पनि सन्चो उता भए पनि सन्चो
जनतो बिचरा, सधै बिसञ्चै बिसन्चो !!
- रामप्रसाद खनाल, अप्रिल २०, २०२०
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक