20200521

राजा महेन्द्रलाई दोश दिएर नक्कली राष्ट्रबादको कार्ड प्रयोग गर्ने कथित राष्ट्रबादी नेता देखी तिनका हो मा हो लगाउनेहरु र हरेक हरेक नेपालीले बुझ्नु पर्ने थुप्रै कुराहरु !

मेरा निकट साथी, सहयात्री पत्रकार जीबराम भण्डारीले पूर्व मन्त्री एबम नैतिकताको कुरा गर्दा सधै मान्छेले सम्झिने एउटा आदर्श नाम केशर बहादुर बिष्ट सँग गर्नुभएको यो अन्तर्वार्ता सुने हेरे पछि मैले नेपालमा केशर बहादुर बिष्ट दाइलाई फोन गरें र थप कुरा पनि गरें । केशर दाइलाई सत्य र यथार्थता उजागर गरिदिनुभएकोमा धन्यवाद ज्ञापन पनि गरें । हरेक नेपालीहरुले सुन्नै पर्ने, बुझ्नुपर्ने र मनन गर्नु पर्ने यो अन्तर्वार्ताका अन्तर्वार्ताकार जीबरामजीलाई पनि धन्यवाद । असाध्यै अर्थपूर्ण, वास्तविक यो अन्तर्वार्तामा केशर दाइले ब्यक्त गर्नुभएका कुरा गम्भीर छन । राजा महेन्द्रलाई दोश दिएर नक्कली राष्ट्रबादको कार्ड प्रयोग गर्ने कथित राष्ट्रबादी नेता देखी तिनका हो मा हो लगाउनेहरु र हरेक हरेक नेपालीले बुझ्नु पर्ने थुप्रै कुराहरु छरप्रस्ट पारीएको यो अन्तर्वार्ता हेर्न म सबै सबैमा अनुरोध गर्दछु । हँचुवाको भरमा वा भिडियोमा हेडिङ्ग हेरेर मात्र कम्मेन्ट नगर्नुहोला । नेपाल भारत बीचको सम्बन्ध, मनमुटाब, ओली कार्ड, कालापानी, लिम्पियाधुरा, लिपुलेकको बारेमा बुझ्न कृपया यो अन्तर्वार्ता एक पटक अबस्य हेर्नुहोला । फेरी पनि धन्यवाद केशर दाई, धन्यवाद साथी जीबरामजी । - रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक