20200522

अशल नियतका साथ गरिने कुनै पनि निर्णय र काममा सरकारलाई सबै नेपाली जनताको साथ र सहयोग नहुने कुरै आउंदैन

नक्सा प्रकरण पछी फेरी भारत अघोसित नाकाबन्दीको तयारीमा रहेको सुन्नमा आयो । भारतीय पररास्ट्र मन्त्रालयको बिज्ञप्ती, भारतीय सेना प्रमुखको चेतावनी, मिडियाहरुले प्रेसित गरेका समाचार र भारतीय नेताहरु, मन्त्री, साँसद देखी भारतीय बुद्धिजिबी भनिने प्रोफेसरहरुको ब्यक्त धारणा, दाबीहरु सुन्दा भारतीय धारणा स्पस्ट नै भैसक्यो ।


हामी नेपालीहरुलाई पनि आफ्नो जिउ ज्यान भन्दा आफ्नो माटो प्यारो छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्र होइन हाम्रा मिचिएका सबै भुभागहरु फिर्ता हुनै पर्छ । एक ईन्च पनि छोड्ने कुरै आउँदैन ।

नेपाल सरकारले भारत सरकारसँग प्रधानमन्त्री लेबलमै तुरुन्त कुटनीतिक माध्यमबाट बार्ता नगरे सम्म यो बिबाद टुङ्गिन्छ भन्ने कल्पना पनि नगरौं । बार्ता गर्न नमाने संयुक्त राष्ट्रसंघ देखी अन्तरास्ट्रिय अदालत पनि जाउँ तर कुटनीतिक समाधान सबैभन्दा उत्तम बिकल्प हो ! यस्ता समस्या कुटनीतिक ढङ्गले समाधान भएका कयौं उदाहरणहरु छन सँसारमा ।

हो हामी भारत भन्दा सेनामा मात्र होइन हरेक कुरामा कमजोर छौं, हाम्रो देश सानो छ तर कमजोर र सानो भए पनि हाम्रो देशको अस्तित्व पनि भारतकै जत्तिकै छ त्यो कुरा भारतले पनि बुझ्नु जरुरी छ । हामी सधैं झुकिरहने कुरै आउंदैन ।

भोली जे पनि हुन सक्छ तसर्थ आत्म निर्भर बनौं, स्वाभिमानी बनौं, राष्ट्रघाती नेता, दल र शसकहरु भारतीय त्वम् शरणमका कारण भारतीय थिचोमिचो भैरहेको नबिर्सौं । फेरी पनि यिनै भारतीय कलो खाने र नक्कली राष्ट्रबाद ओकल्ने राष्ट्रघातीहरुको सबै कुरा पत्याएर मात्र केटाकेटी खेल नखेलौं । बुझेर, परिपक्क्व ढङ्गले बोलौं । मुर्दाबाद र जिन्दाबादले भन्दा कुटनीतिक माध्यम समस्या समाधानको अचुक उपाय हो भन्ने महशुस गर नेपाल सरकार ।

यस अघि भारतले गरेका घोसित अघोसित नाकाबन्दीहरुबाट सिकौं । राष्ट्रबादलाई कार्डको रुपमा प्रयोग गरेर सत्तामा रहने र आफ्ना बिरोधीलाई त्यहाँ लगाउने राजनीतिक फोहोरी खेल नखेलियोस । जनतालाई कुहिरोको काग नबनाइयोस । अशल नियतका साथ गरिने कुनै पनि निर्णय र काममा सरकारलाई सबै नेपाली जनताको साथ र सहयोग नहुने कुरै आउंदैन ।            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक