20200520

सरकार इमान्दारीका साथ प्रस्तुत होउ, कुटनीतिक ढङ्गले सँयमता अपनाएर भारतसँग डिल गर । दुई देशका प्रधानमन्त्री लेबलमै बुद्धिमानी पूर्वक टेबुलटक गर ।

नेपाल र भारत बिच सम्बन्ध बिग्रियो भने त्यसले पार्ने तत्कालिन र दिर्घकालिन प्रभाबको आँकलन गर्नुभएको छ ?? नेकपा र काँग्रेस तँ तँ म म गरे जस्तो होइन है खेलवाड नगर्नुस् !
Image may contain: 11 people, including Anil Adhikari, Prem Baniya and Ram Prasad Khanal, people standingImage may contain: 7 people, including Somnath Ghimire, Anil Adhikari, Ram Prasad Khanal, Kishor Panthi and Ramhari Adhikari, people smiling, people standing              

कुरा कालापानी, लिम्पिया धुरा, लिपुलेकको मात्र होइन, हाम्रा मिचिएका सिमा क्षेत्रका सबै भुभागहरुको पनि उठाइनु पर्छ । हाम्रो एक ईन्च भुभाग पनि छोड्नु हुन्न । बिगतमा हाम्रा शासकहरुले एक पछी अर्को गर्दै गरेका गल्ति र लम्पसारबादको परिणाम अहिले हामी भोग्दैछौं । चोखा कोही छैनन बिगत देखी बर्तमान सम्म सत्ता चलाऊनेहरु । पानी माथिका ओभाना कोही नबने हुन्छ ।

कतै फेरी पनि हामी चुक्दै त छैनौँ  - कालापानी, लिम्पिया धुरा, लिपुलेकको मात्र कुरा गरेर । खोइ हाम्रा अरु मिचिएका भुभागको कुरा ? कालापानी, लिम्पिया धुरा, लिपुलेकको चुच्चो थपेर नक्सा छापेर मात्र हुन्छ ? के गुमेका भुमी सजिलै फिर्ता हुन्छन ??

सत्ता पक्ष देखी प्रतिपक्षीहरुसम्म, सबै नेपाली एक ठाउँँमा उभिएर, साझा एजेण्डा सहित निकै साबधानी अपनाएर, कुटनीतिक ढङ्गले अगाडि बढीएन भने नेपाल र हामी नेपालीले ठुलो मुल्य चुकाउनु पर्ने छ । यो नेपालमा आपसमा लडे जस्तो वा खेलाँचीको कुरा होइन । सरकार इमान्दारीका साथ प्रस्तुत होउ, कुटनीतिक ढङ्गले सँयमता अपनाएर भारतसँग डिल गर । दुई देशका प्रधानमन्त्री लेबलमै बुद्धिमानी पूर्वक टेबुलटक गर । हामी जनता पनि एउटै स्वरमा सरकार लाई साथ दिन पाउँ । बेइमानी नहोस । राष्ट्रियताको कार्ड देखाएर सत्ता स्वार्थ पुरा गर्ने काम नहोस । बिगतको लाजनीती फेरी हेर्नु नपरोस ।

हामीलाई हाम्रो माटो  प्राण भन्दा प्यारो छ । हामीले त बिगतमा पनि बिदेशमै रहेका बखत पनि हाम्रा भुभाग फिर्ताका लागि अमेरिकामै जुलुस र प्रदर्शन गर्दै संसारको ध्यान आकर्सित गरेका थियौँ, भारतीय हस्तक्षेपका बिरुद्ध र हाम्रा मिचिएका भुभाग फिर्ता हुनुपर्ने माग सहित संयुक्त राष्ट्रसंघका महासचिबलाई संयुक्त राष्ट्रसंघ अगाडि प्रदर्शन सहित ज्ञापन पत्र पनि बुझाएका थियौँ । अमेरिकी राष्ट्रपती भवन व्हाइट हाउस अगाडि र अमेरिका स्थित भारतीय राजदुताबास अगाडि पनि प्रदर्शन गरेका थियौँ हेर्नुस तल फोटो भिडियो र समाचार अनि लिँकहरु ।


January 14, 2020 , Nepalmother.com :

नेपाली भूमी अतिक्रमणका बिरुद्ध न्युयोर्कको संयुक्त राष्ट्रसंघ भवन अगाडि बिरोध प्रदर्शन, राष्ट्रसंघलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिईयो !

Image may contain: 2 people, people standing, shoes and outdoor
संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि, भारतीय पक्षबाट भएको नेपाली भूभूमीमि अतिक्रमणका बिरुद्ध आयोजित एउटा बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै नापी बिभागका पूर्व महनिर्देशक एबम सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
वहाँले सिमा क्षेत्रमा दर्जनौं ठाउँहरुमा नेपाली भुभागहरु भारत द्वारा मिचिएका छन त्यसको लागि नेपाल सरकारले भारत सरकार सँग कुटनितीक ढङ्ग ले बार्ता गरी समस्याको समाधान खोज्नुपर्छ भन्नुभयो ।

भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणकाबिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि आयोजित उक्त विरोध प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा लोकप्रिय संचारकर्मी एबम उक्त कार्यक्रमका पहलकर्ता प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । वहाँले हामीलाई भारतको जमिन चाहिँदैन तर हाम्रो नेपाली जमिन पनि मिच्न पाइंदैन भन्नुभयो । कार्यक्रममा सहभागी भै एक्यबध्दता जनाउनुहुने सबै प्रति वहाँले धन्यवाद र आभार प्रकट गर्नुभयो । 

पत्रकार एबम उक्त कार्यक्रमका अर्का अभियन्ता अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताउनुभयो ।


अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका अध्यक्ष, लोक गायक एबम पत्रकार रामप्रसाद खनालले राष्ट्र एकिकरणकाका नायक पृथ्वीनारायण शाहलाई श्रध्दा सुमन अर्पण गर्दै भारत द्वारा अतिक्रमित नेपाली भुभागहरुका बिषयमा आवाज उठाउन, संयुक्त राष्ट्रसंघ र संसारको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसघ अगाडि यो कार्यक्रम आयोजना गरिएको र केही दिन अघि डीसीमा व्हाइट हाउस अगाडि पनि यस्तै कार्यक्रम गरिएको बताउनुभयो । खनालले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत मिचिएका भुभागहरुको बारेमा भर्खरै प्रकाशित आफ्नो राष्ट्रिय गीत गाउनुभयो ।               

कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, गायिका सपना श्री र कवयित्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नारावाजी गरिएको थियो भने सहभागीहरुले सोही सम्बन्धी प्लेकार्डहरु बोकेका थिए । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरासहतिको नेपालको नक्शासहितको टिसर्ट लगाएका थिए ।
विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र समेत बुझाइएको छ ।

भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो । ज्ञापनपत्रमा सिमाविद् बुद्धिनारायण श्रेष्ठ सहित विरोध प्रदर्शनमा सहभागीहरुको हस्ताक्षर सहित हस्तान्तरण गरिएको थियो । हस्तान्तरणका लागि श्रेष्ठका साथमा संचारकर्मीहरु प्रेम बानिया, अनिल अधिकारी, लोक गायक रामप्रसाद खनाल, पत्रकार किशोर पन्थी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र सामाजिक कार्यकर्ता सोमनाथ घिमिरे संयुक्त राष्ट्रसंघ मुख्यालय जानुभएको थियो ।
Image may contain: 5 people, including Ram Prasad Khanal and Prem Baniya, people smiling, people standing and outdoor
                                   Image may contain: 16 people, including Anil Adhikari, Ram Prasad Khanal and Prem Baniya, people standing
Image may contain: 2 people, people standing, shoes and outdoor
Image may contain: 7 people, including Somnath Ghimire, Anil Adhikari, Ram Prasad Khanal, Kishor Panthi and Ramhari Adhikari, people smiling, people standing


December 16, 2020 Nepalmother.com :

अमेरिकाको राजधानी वाशिङटन डिसी, व्हाइट हाउस हाउस अगाडि नेपालीहरुको बिरोध प्रदर्शन, कलापानी मुद्दामा सबै नेपाली एक भए !

कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपालका मिचिएका भूभाग फिर्ता गर्न र भारतीय त्रुटिपूर्ण नक्सा सच्याउन भारतको ध्यानाकर्षण गराउन अमेरिकाको राजधानी वाशिङटन डिसी, व्हाइट हाउस हाउस अगाडि आयोजित नेपाली समुदायको बिरोध प्रदर्शन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले स्वतस्फुर्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा सिमा बिद बुद्दी नारायण श्रेष्ठ, अबैतनिक महाबाणिज्यदुत एबम वरिष्ठ लोक गायक प्रेम राजा महत, अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति, अमेरिकाका अध्यक्ष एबम वरिष्ठ लोक गायक रामप्रसाद खनाल, अभियन्ताहरु रोजर अधिकारी, बिजय गोर्खाली, खगेन्द्र अधिकारी, कुलमनी आचार्य, प्रभु थापाले आ आफ्न मन्तब्य राख्दै भारतीय पक्षबाट भएका गल्ति सच्च्याउनु पर्ने, नेपाल सरकारले कुटनीतिक ढङ्गले भरत सँग बार्ता गरी मिचिएका भुभाग फिर्ता र नक्सा सच्याउन ढिला गर्न नहुने बताउनुभयो ।

अमेरिकाको राजधानी वाशिङटन डिसी, व्हाइट हाउस हाउस अगाडि आयोजित नेपाली समुदायको बिरोध प्रदर्शन कार्यक्रम लगत्तै जुलुश बिभिन्न नारा लगाउँदै अमेरिका स्थित भारतीय राजदुताबास अगाडि पुगेर समपन भएको थियो । अमेरिकाबासी नेपालीहरु सहभागि उक्त कार्यक्रममा बाक्लै उपस्थिती थियो ।

कार्यक्रममा साउन्ड सिस्टममा आएको खराबी र प्राबिधिक कठिनाईको कारण पूर्व घोसित वरिष्ठ लोक गायकहरु प्रेम राजा महत र राम प्रसाद खनाल का गीतहरु प्रस्तुत गर्न सकिएको थिएन यद्यपी वहाँहरु दुबैले आ आफ्ना केही प्रस्तुतीहरु राख्नुभएको थियो ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक