20200511

कुनै दिन यस्तो सुन्न नपरोस - " देश भारतलाई त पृथ्वी नारायण शाहले एकिकरण गर्दा नै बुझाएका रहेछन ! "

Image may contain: 1 person
         - रमा सिंह 
कस्ले बेच्यो मेरो देश ??
किन मारिए राजा महेन्द्र र विरेन्द्र ??
किन फालिए राजा ज्ञानेन्द्र ??

Image may contain: 1 personसन् १९६२ को भारत चिन युद्धमा भारत पराजीत भएपछी आफु सुरक्षित हुनको लागि भनेर तत्कालीन राजा महेन्द्र संग अनुमति लिएर भारतीय सेना नेपालको कालापानीमा शरणमा बसेका थिए।

कालापानीमा मात्र नभई नेपालभरी करिब २० वटा भन्दा धेरै सैनिक क्याम्पहरु थिए। पछी सन् १९६८ सम्ममा तत्कालीन राजा महेन्द्रले करीब १७ वटा सैनिक क्याम्प नेपालबाट हटाए तर कालापानीमा सुगौली सन्धि को विषय लिएर विवाद भएपछी त्यो क्याम्पबाट उनले त्यतिबेला भारतीय सेना हटाउन समय लाग्ने भयो।

पछी सन् १९७१ मा राजा महेन्द्रको निधन भयो र यो कुरा केहि समयको लागि त्यत्तिकै सेलायो। त्यसपस्चात सन् १९७४ - ७५ तिर राजा विरेन्द्रको पालामा प्रकाशीत भएको नक्सामा कालापानी बारे विवाद कायम नै भएको कारण न यताको न उताको गरि रातो घेरा लगाएर नक्सा प्रकाशीत गरियो।

त्यसपछि सुरु भयो वास्तवीक खेल। नेपाललाई त्यसपस्चात भारतले कहिल्यै पनि स्थीर हुन दिएन। कहिले बहुदलिय प्रजातन्त्र , कहिले गणतन्त्र भनेर जनता अलमल बनाउँदा बनाउंदै र राजदरबार बाट नालायक नेताको हातमा सत्ता हालिदिएर कालापानी मात्र हैन त्यहि बिचमा महाकाली , टनकपुर , आदि इत्यादि भारतले कब्जा गर्यो।

देशलाई अझै स्थीर नहोस भने नियतले माओवादी युद्ध भारतको डिजाइनमा सुरु भयो। यो युद्धको प्रमुख उद्देश्य थियो , नेपाल लाई स्थीर हुन् नदिने , नेपालबाट राजसंस्था हटाउने र नेपाललाई नालायक नेताहरुको हातमा पुर्याउने।

यसै कारण त प्रचण्ड , बाबुराम , बादल , बैध आदि माओवादी नेतालाई भारतले शरण दिएर राखेको थियो र नेपालमा गृहयुद्ध मच्चाएको थियो।


नेपालबाट राजसंस्था हट्ने सम्भावना नदेखेपछि दरबार हत्याकाण्ड भयो। नाटकिय रुपमा सबै दोष ज्ञानेन्द्रको काँधमा थुपारियो र जनतामा त्यहि भान पारियो।
त्यसपस्चात , राजा फ्याक्ने आन्दोलन भयो। अब सुरु हुन्छ रोचक पक्ष
यतिबेलासम्म ०४७ संविधान अनुसार पनि विवादमै रहेको र न यताको न उताको रहेको कालापानी बारे ०७२ मा हामि आफैंले ल्याएको गणतन्त्रले बनाएको संविधानले भनिदियो , " नेपालको संविधान २०७२ को धारा ४ (२) (क) अनुसार ‘नेपालको क्षेत्र यो संविधान प्रारम्भ हुँदाका बखतको हुनेछ "

यसको अर्थ हो , ०७२ को संविधान अनुसार कालापानी बारे जुन विवाद कायम थियो अब त्यो अन्त्य भयो। आज संविधान बन्दा जे सिमानामा नेपाल छ त्यहि नै नेपालको वास्तवीक सिमाना हो। कालापानी फिर्ता गर्न तेरो प्रमाण केछ भनेर भारतलाई सोधे भारतले हामीलाई अब हाम्रै संविधान तेर्स्याइदिन सक्छ।

अब भन्नुहोस , कालापानी कसले बेच्यो ?
महेन्द्रले ?
बिरेन्द्रले ?
ज्ञानेन्द्रले ?
कि गणतन्त्रको संविधानले ?
अनि यो संविधान कसले बनाएको ? राजाले , जनताले ? कि दलहरुले ? अथवा विदेशीले तयार गरेर दिएको ?

पहिले राजाको पालामा २-४ जना सेना बस्ने कालापानीमा अहिले सयौं र हजारौं संख्यामा सेना बस्छन।
राजाको पालामा सार्वजनिक गर्न नसकेको नक्सा कुन आँटले भारतले अहिले सार्वजनिक गर्यो ?

कसको पालामा पुरै रोड नै बन्न थाल्यो ?
कसको पालामा चीनले सगरमाथा हाम्रो हो भन्न थाल्यो ?
डोजर चलाउन थालेको १२ वर्ष भयो कालापानीमा।
राजसंस्था हटेको कति वर्ष भयो ?
गणतन्त्र आएको कति वर्ष भयो ?
सबै हिसाब किताब गरौँ। दृश्य स्पस्ट देखिन्छ।

कुनै दिन यस्तो सुन्न नपरोस - " देश भारतलाई त पृथ्वी नारायण शाहले एकिकरण गर्दा नै बुझाएका रहेछन.....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक