20200628

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड, मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ !

विश्व स्वास्थ्य संगठनले दियो संक्रमण अझ बढ्न सक्ने चेतावनी
The Bodies of People Who Died from COVID-19 May Still Be ...कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हाल सम्म सम्म २५ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब ६ लाख ८० हजार रहेको छ । नेपालमा संक्रमित हुनेको संख्या १२७७२ नाघेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन ।

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या एक करोड एक हजार ५ सय २७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख ६५ हजारभन्दा बढी निको भएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब १३ लाख १३ हजार संक्रमित भएका छन् भने करिब ५७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ७ लाख २७ हजारभन्दा बढी निको भएका छन् ।


रुसमा संक्रमितको संख्या करिब ६ लाख ३३ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट ९ हजार ६० जनाको मृत्यु भएको छ । रुसका ३ लाख ९८ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा बढी नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ९ हजार निको भएका छन् ।

विश्वका विभिन्‍न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।

GO TO HOME PAGE, click on the photo below

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक