20200627

नेपालका थुप्रै जिल्लाहरुमा सलह किरा छिरेन मात्रै एकै दिनमा बालिनाली, तरकारी स्वाहा पार्न शुरु गर्‍यो !

Image may contain: plant, tree, sky, outdoor, nature and waterहाम्रा कृषि बैज्ञानिकहरु केही दिन अघि सम्म के आधारमा भन्दै थिए थाहा छैन तर भन्दै थिए - भारतमा अहिले फैलिएको सलह किरा नेपाल आउँदैन, आत्तिनु पर्दैन । दु:खको कुरा आज नेपालका थुप्रै जिल्लाहरुमा सलह किरा छिरेन मात्रै एकै दिनमा बालिनाली, तरकारी स्वाहा पार्न शुरु गर्‍यो । सलह आए पछी बालीनाली, तरकारी देखी फलफुल सबै सखाप पार्छ, बर्षभरीनै बर्बाद पार्छ र भोकमरी गरएर छोड्छ भन्छन बुढापाका र सलह ब्यहोरेकाहरु ।


कोरोना छिर्दैन नेपाल भने छिर्यो । छिरे पनि केही हुन्न भने तर अहिले बेसार पानी र जन्तरमा पुगेको छ देश । १२ हजार भन्दा बढी सँक्रमित भएका छन भने २८ जनाको ज्यान गएको छ तर देशका प्रधानमन्त्री भन्दैछन - सबै कोरोनाबाट मरेका होइनन विश्व स्वास्थ्य संगठनले गर्दा हामीले कोरोना बाट मरेका भन्नु परेको हो ।

१२ बुँदे दिल्ली सम्झौता गरेर सत्तामा आएका नालायकहरु छिमेकी भारत सँग कुटनीतिक ढङ्गले प्रस्तुत हुन नसक्दा आज नेपाल भारत सम्बन्ध ठुलो दरारमा छ । भारत बाट मात्रै ८ लाख भन्दा बढी नेपाली नेपाल फर्किएका छन कोरोना शुरु भए यता ।

खाडी लगायतका देशहरु बाट रोजगारी गुमाएर नेपाल फर्किने नेपालीहरुको सँख्या दिनानुदिन बढ्दैछ । सरकार जनता लुट्न र आफ्नो सत्ता जोगाउन मात्र केन्द्रित छ । कोरोनाका कारण उद्योगधन्दा, ब्यवसाय कृषि सबै क्षेत्र तहस नहस भएको छ ।

नेपालमा अहिले जति अन्न भन्डारन छ त्यसले ३ देखी बढीमा ६ महिना मात्र धान्ने अनुमान छ । भारतमा सलहले उत्पादन घट्ने र उसले खाद्यान्न  नेपाल निर्यात गर्ने सम्भावना कम छ । नक्सा प्रकरण पछी दुई देश बिच बढेको दुरीले भारतले नेपालमा अघोसित रुपमा नाकाबन्दी लगाउँदै जान थालेको देखिएको छ ।

अब एकातिर कोरोनाको माहामारी, अर्को तिर सलह महामारी, त्यसमाथि प्रचन्ड ओलीको सत्ता सँघर्शले गर्दा देशले निकै ठुलो मूल्य चुकाउनु पर्ने देखिँदैछ । थाहा छैन मुलुकले अब कुन दिशा लिने हो । जनता भोक र रोगले नराम्रोसँग थलिने देखिँदैछ चेतना भया ।    Photo : Pharsuram Panta / Butwal                       
Image may contain: one or more people, plant, tree, wedding, sky, outdoor and nature     Image may contain: plant, sky, tree, outdoor and nature

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक