20200716

लौ जा आज देखी म पनि ओली भक्त !!

How distrust and discontent replaced the hopes Nepalis had from ...प्रधानमन्त्री जस्तो मान्छे हल्का फुल्का ढङ्गले प्रस्तुत हुनु हुन्न । कुनै पनि यस्ता इस्स्युमा कूटनीतिक ढङ्गले अगाडि  जानुपर्छ । आफ्नो मर्यादा ख्याल गर्नुपर्छ । अझ त्यस माथि लाखौँ वर्ष अघिको धार्मिक कुरामा गम्भीर भएर, बुझेर, टुङ्गो लाग्ने गरी बोल्नुपर्छ मात्र भनेको त खालान् जस्तो पो गर्छन् बा ओलीजीका भक्तजीहरू !
ओलीजी र ओलीजीका भक्तजीहरू बाहेक अरू सबै भारतीय दलाल भनेर खनिन थालेको पनि देखियो । यस्ता खनिने महा विद्वानहरूसँग बहस नगर्दै बेस होला जस्तो लाग्यो । बरु रामको नाम नै नलिए आनन्द होला भनेको आफ्नो पनि नाम राम नै परेर गाह्रो भो । अब कोही तलमाथि भएर मलामी गइयो भने "राम नाम सत्य हो" भन्दा पनि ओलीज्यूका भक्तजीहरूले नसुन्ने गरी भन्नु पर्ने भो भन्दै हुनुहुन्छ मेरा साथीभाइहरू पनि ! राष्ट्रवादी मात्र होइन महा राष्ट्रवादी ओलीजीले भनेको सही हो । राम नेपाली नै हुन, ठोरी नै असली अयोध्या हो, अब त्यहीँ राम मन्दिर बनाएर पञ्चे बाजा झ्याइँ झ्याइँ पार्दै जनकपुर सीतालाई बिहा गर्न जाने तयारी गर्नुस् प्रधानमन्त्री ओलीज्यू र वहाँका भक्तज्यूहरू, हामी पनि जन्ती जाउँला, ल तपाईँहरू नै सही, अरू सबै गलत, मैले त यही भन्ने बिचार गरेँ । बरु ठोरी खनेर चाँडो राम निकाल्नुस् ! ठोरी नै अयोध्या भए त्यो हेपाहा छिमेकी भारतको अयोध्या किन जाने हामी ?? एक जना पत्रकार साथीले काठमाडौँबाट फोन गरेर भन्दै हुनुहुन्थ्यो - पण्डित, साधु, सन्तहरू पनि एउटा  हातमा कमन्डुल र अर्को हातमा त्रिशूल बोकेर आन्दोलनमा उत्रिँदै छन् रे ! शिवरात्रिको एक दिन नै बढी भाछ नाङ्गा बाबाहरू र शिव लिङ्गको दर्शन गर्दा, अब फेरी यो साउनमा कति दर्शन गर्नु हो नागा बाबाको । हुन त बालुवाटार, खुमलटार, कोटेश्वर पनि नागा बाबा जस्तै भएको बेला पर्‍यो अहिले ! केही नापिन्न । न आत्तिनुस् । प्रधानमन्त्री ओली जिन्दाबाद जिन्दाबाद । राम भगवान् नेपालमै जन्मेका हुन नेपालकै हुन । ठोरी नै अयोध्या हो अयोध्या हो । लौ जा आज देखी म पनि ओली भक्त !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक