20200716

कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या ११ हजार २५

पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या ११ हजार २५ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट ६४ दशमलव २ प्रतिशतले कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्यलाभ गरिरहेकोे जानकारी दिनुभयो ।  यसैगरी आज देशका विभिन्न स्थानमा रहेका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा एक सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


प्रवक्ता प्रा. डा. गौतमले दिनुुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा ३ जना, प्रदेश नं. २ मा २४ जना, वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा १ जना, कर्णाली प्रदेशमा ४० जना र सुुदुरपश्चिम प्रदेशमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म  १७ हजार १ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसैगरी, कोरोना भाइरस संक्रमणबाट रौतहट जिल्लाका ३६ वर्षिय पुरुषको आज मृत्यु भएकोे प्रवक्ता प्र. डा. गौतमले जानकारी दिनुभयो । उहाँको स्वास्थ्यमा समस्या आई  नारायणी अस्पताल विरगञ्जमा भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक