20200822

अब त बोल, मुख खोल, आँखा खोल जन हो !

 Image may contain: 1 person

कोरोनाको महामारी छ । १४६ जनाको ज्यान गैसक्यो । ३१,११७ संक्रमित सँख्या छ । अस्पताल बिरामीले भरिएर, बेड नभएर जनता बाटोमै, घरमै मरिरहेका छन, लकडाउनले मान्छे हात मुख जोर्ने समस्याले आत्महत्या गर्दैछन । कयौं देशमा, खाडीमा नेपालीहरुको बिजोग छ, उध्दार अलपत्र छ । यस्तो बेलामा पनि जनताको लागि केही गर्नुपर्ने यिनीहरु लाज शरम पचाएर यिनका कुर्सीका लडाईंँ, पार्टीका आन्तरिक झगडामा फस्दै अनि कार्यदलका रिपोर्ट देखाउँदै छन । राम्रा, अशल, केही गर्न सक्ने मान्छे सबै छायाँमा छन । शतीले श्राप गरेको देश । अभागी हामी नेपाली जनता । यो आजको नाटकको फोटो हेरेपछि तपाईंलाई कस्तो लाग्यो कुन्नी ? अब त बोल, मुख खोल, आँखा खोल जन हो । सहनुको पनि त सीमा हुन्छ नि होइन र ?? कि अझै पुगेन यति ले पनि ????

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक