20200824

नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या १ सय ५७

 काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज रुपन्देहीमा ३ पुरुष र एक महिला, सुनसरी र मोरङमा १–१ जना पुरुष तथा पर्सा र काठमाडौमा १–१ जना महिलाको मृत्यृ भएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा १० हजार २ सय ३४ जनामा गरिएको परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज काठमाडौँमा १ सय ७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना गरी उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उपचारपछि निको भई घर फर्कने ५८ प्रतिशत रहेको र आज थप १ सय ७५ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या १८ हजार ८ सय ६ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १३ हजार ७ सय १५ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै संक्रमितहरुमध्ये १ सय ३८ जनाको आइसियुमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले तहगत रुपमा उपचार सेवा प्रवाह गदै आएका सबै अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ । यसअघि जिल्ला प्रादेशिक, केन्द्रिय तथा नीजि अस्पताहरुको तहगत सेवा छुट्याई उपचार गर्ने गरेको निर्णयलाई खारेज गदै ती सबै अस्पतालहरुलाई कोभिड अस्पतालकामा परिवर्तन गरी अन्य नियमित स्वास्थ्य सेवाहरु समेत सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमण विरुद्धको खोप परिक्षण सुरु गरिने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद तथा विश्वव्यापी मापदण्ड अनुसार संक्रमण विरुद्धको अध्ययन तथा खोप परीक्षणमा स्वत स्फूर्त रुपमा सामेल हुन चाहाने व्यक्तिलाई मात्र परीक्षणमा सहभागी गराईने जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक