20200815

हाल अमेरिकामा बस्दै आएका नेपाली खेलाडी उज्वल ठकुरीले फेरी अर्को विश्व रेकर्ड कायम गरे, हार्दिक बधाई र शुभकामना पनि !

हाल अमेरिकामा बस्दै आएका नेपाली खेलाडी उज्वल ठकुरीले फेरी अर्को विश्व रेकर्ड कायम गरेका छन । यस अघि पाँच वटा रेकर्ड कायम गरेका ठकुरीको यो छैठौं रेकर्ड हो । कराँते खेलाडी ठकुरीले हाल सम्म के के मा कसरी रेकर्ड कायम राखे सो जानकारी होस भन्ने हेतुले हामीले उनका ६ वटै प्रमाणपत्र यहाँ तल जस्ताको तस्तै प्रकाशित गरेका छौं । नेपाल मदर डट कम ठकुरी लाई हार्दिक बधाई ज्ञापन गर्दछ । आगामी दिनमा उनलाई अझ राम्रा, ससम्झन लायक, उदाहरणिय बिधाहरुमा यसै गरी विश्व रेकर्ड कायम गर्न प्रेरणा मिलोस, हाम्रो शुभकामना पनि । 

 छैठौं रेकर्ड कायम गरे पछी ठकुरीले भनेका छन - "काठमाडौंमा जन्मेको म उज्ज्वल ठकुरी एन आर एन आइ सि सि को खेलकुदको CO-Chair हुँ र छैठौ बिश्व रेकर्ड राख्न सफल भए र सम्पूर्ण एन आर एन को शीर थाडो पार्न सफल भएँ । यो बिश्व रेकर्ड कायम गर्न आर्थिक सहयोग गर्नु हुने आदरणिय गौरी जोसी लगायत न्यूयोर्कको सम्पूर्ण टिम, राजन थपलिया, मित्र नबराज केसी राष्ट्रिय कराते खेलाडी जनक सिह खडका, दाई बिश्व बहादुर शाह, गुरु मोहन बिष्ट सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।" ठकुरीले नेपाली मिडियाहरुले आफुलाई उचित स्थान नदिएकोमा निकै दु:ख मनाउ पनि गरेका छन ।

 

Image may contain: Ujjwal S. Thakuri, sitting and outdoor

Image may contain: text that says '1st Guinness book world record GUINNESS TORLD RLD ID TECORD CERTIFICATE The greatest weight lifted in van dam lift (male) is 63.49 kg (139.97 lb), and was achieved by Ujjwal Thakuri (USA) in Herndon, Virginia, USA, on 23 September 2017. OFFICIALLY AMAZING AMAZII'

Image may contain: text that says '2nd world record this is 4years continues I am the holder GUINNESS FOGRLD Ⅲ RECORD CERTIFICATE This greatest weight lifted in van dam lifti 64.63 kg (142.48 and achieved Ujjwal Thakuri (USA) Toldeo, Ohio, Ohio, USA. on November 2017. OFFICIALLY AMAZING'

Image may contain: text that says '3rd Guinness book of world record holder GUINNESS FOGRLD ा RECORS CERTIFICATE The full contact knee strikes minutes leg) 226, achieved Ujjwal Sharma nakuri (USA) Toledo, Ohio, USA, on3 November 2018. OFFICIALLY AMAZING'

Image may contain: text that says '4th Guinness Book of World record Holder GUINNESS PORLD RECORD CERTIFICATE kick most eggs crushed minute 64, achieved Ujjwal Sharma Thakuri (USA) ringfield Virginia, USA, USA, on September 2018. OFFICIALLY AMAZING'

Image may contain: text


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक