20200912

जिन्दगी र म


जिन्दगीका यात्राहरू 

तय गर्दा गर्दै

नाइल नदी जस्तै 

अनवरत यात्रामा

दिन, रात नभनी  

सागर भेट्ने आकाँक्षा पाल्दै 

अविरल बहिरहेको म 

कतिखेर सोँच्छु    

सुनसान बनेर 

सागर भित्रै रमाउन पाए हुन्थ्यो 

कतिखेर मनमनै कल्पिन्छु  

समुन्द्री छालहरू बनेर 

किनारा छुँदै 

फेरी फर्किँदै 

सागरमै लहराउन पाए हुन्थ्यो 

कतिखेर सोंच बदल्छु 

फेरी बास्पिकरण भएर 

वर्षा बन्छु र झर्छु  

किसानका खेतबारीहरू लहराउन 

पिउने पानी बनेर 

जनजनका प्यास दूर गराउन 

अचानक मलाई बाँध बाँध्न थाल्छन् 

कता हाल्छन् हाल्छन् 

तर, 

म निस्किने बाटाहरू खोज्दै 

निस्किनै नदिए 

रसाएरै भए पनि 

बहने प्रयास गर्दैछु 

बालुवा भित्र लुकेरै किन नहोस् 

यात्रा जारी राख्छु 

छेक्नेहरूसँग भिडेरै किन नहोस् 

अगाडि बहन्छु   

तर पनि थाकेको छैन 

यात्रा निरन्तर चलिरहेछ 

जिन्दगी बहिरहेछ 

सागर भेट्ने भोक पाल्दै 

नाइल नदी जस्तै ! 

- रामप्रसाद खनाल, सेप्टेम्बर १२, २०२०   

             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक