20200913

सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा पहिरो जाँदा पुरिएका मध्ये ११ जनाको शव फेला, १९ जना अझै बेपत्ता, खोलाले बगाएर रुपन्देहीमा एक महिलाको मृत्यु

 

unn.prixa.netसिन्धुपाल्चोक / बाह्रबिसे-७ घुम्थाङमा पहिरो जाँदा पुरिएका  मध्ये  ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय   बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३), ट्याक्से शेर्पा (९८), ज्ञानीमाया

प्रधान (४२), भिरखर्क बिक टोलका जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८) तथा नेवार टोलका सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) छन् । दुई जनाको सनाखत बाकी छ । क्षतिको विवरण संकलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पहिरोमा पुरिएका १९ जना अझै बेपत्ता छन् ।

पहिराेमा ज्यान गुमाउनेकाे विवरण:

१.भक्तिमाया श्रेष्ठ – ६३ वर्ष
२. जुनु विक – २३ वर्ष
३.शुकलाल विक – २४ वर्ष
४. सन्देश विक – ८ वर्ष
५. सर्किनी नेवार – ६० वर्ष
६. धनलाल नेवार – ६५ वर्ष
७. ट्याक्सी शेर्पा – ९८ वर्ष
८ हिरामाया नेवार – ६० वर्ष
९. ज्ञानीमाया प्रधान – ४२ वर्ष
१०. सरस्वती विक – ५ वर्ष
११. करणबहादुर श्रेष्ठ – २५वर्ष 

पहिराेमा हराइरहेकाहरु: 

१. रामबहादुर नेवार – ४८ वर्ष
२. दिलमाया श्रेष्ठ – १८ वर्ष
३. रिता श्रेष्ठ – ३७ वर्ष
४. दानियाल श्रेष्ठ – ५ वर्ष
५. नदान श्रेष्ठ – ४ वर्ष
६. अमृत श्रेष्ठ– २५ वर्ष
७. मनिता श्रेष्ठ – २५ वर्ष
८. रविना श्रेष्ठ – ३० वर्ष
९. रियाशु श्रेष्ठ (शिवभक्ति) – ८ वर्ष
१०. पदमकुमारी श्रेष्ठ – ६० वर्ष
११. रामकुमार श्रेष्ठ – ४२ वर्ष
१२.लालबहादुर श्रेष्ठ – ५१ वर्ष
१३. बुद्धलक्ष्मी श्रेष्ठ – ५० वर्ष
१४. लक्ष्मी श्रेष्ठ – ११ वर्ष
१५. कुमार विक – २२ वर्ष
१६. सोनिया विक – २१ वर्ष
१७. रुपा बिक – १० वर्ष
१८. शिबबहादुर नेवार – ४३ वर्ष

दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन । 

उता खोलाले बगाएर रुपन्देहीको देवदहमा एक महिलाको मृत्यु भएको छ । देवदह नगरपालिका–८ कालिकाटोलकी ६२ वर्षीया भिमिश्वरा चिदी जंगलमा बाख्रा चराउन गएको बेला घोडाहा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चिदीको शव देवदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक