20200914

३६० को ज्यान गयो, ५५३२९ सँक्रमित, कोरोना सँक्रमण बढ्दै तर नेपालमा मृत्‍यु दर भने कम

बालबालिकको भविष्य निमार्णमा खर्च गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको अपिल   

काठमाडौं / कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पाँच जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ६१ बर्षीया महिला, गोरखाकी ६३ बर्षीया महिला, नवलपरासीकी ६२ बर्षीया महिला, पर्साकी ५५ बर्षीया महिला, र कपिलबस्तुकी ४७ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका ७७, ६२, ७३, ८५, र ७० बर्षीय पुरुष, मोरङका ४० र ७० बर्षीय पुरुष, ललितपुरका ५५ बर्षीय पुरुष, भक्तपुरका ७३ बर्षीय पुरुष, र रामेछापका २३ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


उपत्यकामा आज थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेहरुमा काठमाडौँमा चार सय ४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना गरी आज उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


त्यसैगरी आज देशभर तीन सय ९९ जना महिला र सात सय ७१ पुरुष गरी एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । त्यस्तै आज देशभर आज आठ सय ७९ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार पाँच सय ७६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुलाई बर्गिय, जातिय वा लैङ्गिक कुनै प्रकारको भेदभावको महशुस हुन नदिई उनीहरुको सर्वाङ्गिण विकासका लागि समान अवसर प्रदान गर्न सरकार लागिपरेको बताउनुभएको छ ।


राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा आयोजित कार्यक्रममा भिडियो कन्फे्रन्स मार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बालबालिकाको रुचिको विषयलाई अध्ययन र अध्यापनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।


प्रधानमन्त्री ओलीले कोभिडको संक्रमणको यो समयमा बालबालिकाको पढ्ने बानीमा कमि आउन नदिन अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले बालबालिकाको प्रविधि मैत्री शिक्षामा सहज पहुँच स्थापित गर्न इन्टरनेट सञ्जाल गाउँगाउँमा विस्तार गरिएकोले यसको समुचित प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।


प्रधानमन्त्री ओलीले बालबालिकाको सुन्दर भविष्यका लागि शान्त वातावरण आवश्यक पर्ने हुँदा हातहतियारको उत्पादन र ओसारपसारमा लाग्ने खर्च रोकेर बालबालिकको भविष्य निमार्णमा खर्च गर्न विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । उहाँले मलुक संयुक्त राष्ट्रसंघ र बाल अधिकार सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता पक्ष राष्ट्र भएकाले मुलुकमा हिंसा जन्य कार्य नगर्न र बार्ताको माध्यमबाट निकास खोज्न असन्तुष्ट पक्षहरुलाई आग्रह गर्नुभयो ।


प्रधानमन्त्री ओलीले बालालिकाको हक हित र संरक्षणमा सरकारसँग मिलेर काम गरिरहेका विभिन्न संघ संस्थाहरुलाई धन्यवाद दिनुहुंदै बालबालिको पक्षमा काम गर्र्नेलाई सरकारले सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका मलुकको भविष्य निमार्णका आधारशिला भएकाले जस्तो सुकै अवस्थामा पनि बालबालिकाको हक हितको रक्षा गर्न सरकार लागि परेको बाताउनुभयो । मन्त्री गुरुङले विभेदलाई सुन्यमा झार्दै बालबालिकको शारिरिक, मानसिक, शैक्षिक लगायतका सबै क्षेत्रमा समान पहुंच स्थापित गर्न सरकार सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । भिडियो कन्फ्रेन्समा केन्द्र तथा प्रदेश संसदकाका सामाजिक समितिका सभापति, सांसद, बालबालिका, सञ्चारकर्मी र सरोकारवालाकोसहभागिता रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक