20200913

काेराेना भाइरसका कारण नेपालमा ३४५ को मृत्यु, ५४ हजार १५९ जना सङ्क्रमित, ३८ हजार ६९७ निको !

पछिल्लो समय नेपालमा कोरोना ब्यापक रुपमा फैलिरहेको बिज्ञहरुले बताएका छन । यसले अझै भयाबह रुप लिने बिज्ञहरुको दाबी आइरहँदा नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा  थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । 

संस्थागत अाइसाेलेसनमा सातहजार ७३१ र हाेम अाइसाेलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छहजार ५३६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेकाे छ । यस्तै, राससका अनुसार आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ । पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ । 


World



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक