20200915

आत्महत्या विकल्पको बाटो पक्कै होइन !


 मान्छेले किन र के कारणले आत्महत्या गर्छन् ? बुझ्नै कठिन छ । आर्थिक, पारिवारिक, सामाजिक, नितान्त निजी, प्रेममा असफल, लैंगिक विभेद, अनेकौं प्रकारका मानसिक र शारीरिक अनि यौनिक हिंसाहरू आदि इत्यादि थुप्रै कारणहरू हुनसक्छन् । व्यक्ति बिशेषका स्वभाव बमोजिम कसैले पहाडै खसे पनि सहनसक्ने हुन्छन् त कसैले तील जति पनि सहन नसक्ने प्रवृत्तिका हुन्छन् । त्यसमाथि अहिले त झन् यो कोरोना कहरले सबै सध्ये मान्छेलाई पनि डिप्रेसनमा जाने वातावरण बनाइरहेको छ, र, सबैभन्दा त मान्छेको नियतिलाई कसैले रोक्न छेक्न सक्तैन अर्को एउटा बलियो कारण यो पनि हुनसक्छ । 

त्यो बाहेक कहिलेकाहीँ व्यक्ति बिशेषको सोच अनि विभिन्न कारणले हार्मोनमा आउने गडबडीको कारणले पनि डिप्रेसनमा जानसक्ने प्रवल संभावना हुनेहुँदा पनि यस्तो दुर्भाग्यपूर्ण घटना घट्न जान्छ ।  

महिलाहरूलाई त झन् सुत्केरी भएपछि, नछुने रोकिने बेलामा वा अन्य कारणले पनि डिप्रेसन हुन्छ । अनि नत परिवारलाई थाहा हुन्छ नत आफूले नै भन्ने गर्छ ।  फेरि डिप्रेसन पनि अरू रोगजस्तै हो भनेर सहज रुपमा ग्रहण नगर्ने हाम्रो सामाजिक परिपाटी त छदैछ । 

त्यसकारण यही एउटामात्र कारण भनेर भन्न सक्तैनौँ तथापि सोच्नुपर्ने कुरो के भने आत्महत्या एउटामात्र विकल्पको बाटो कदापि होइन ? अन्य कैयन बाटाहरू पनि हुन्छन् बाँच्नका  लागि ।  ती वैकल्पिक बाटाहरूलाई रोज्नु पर्छ मान्छेले । 

कुनै न कुनै समस्याबाट र पीडाबाट मुक्त त को पो होलान् र यो संसारमा ? कारण फरकफरक हुनसक्लान् ! सबैले सबैका पीडा र समस्या निवारण गर्न पनि सक्तैनन् ।  त्यसका लागि सबैले पहल पनि स्वयं नै गर्नुपर्ने हुन्छ ।  र अन्य विकल्पका बाटाहरू स्वयंले नै खोज्नुपर्ने हुन्छ । 

या त अत्यन्तै मन मिल्ने साथीसँग मनका कुरा खोल्नु पर्यो वा परिवारमा विश्वास गर्न सकिने पारिवारिक सदस्यलाई मनको कुरा भन्नुपर्यो । नभए मनोपरामर्शदाताहरूसँग पनि परामर्श लिन सकिन्छ ।  स्वभाविक मृत्यु अवश्यम्भावी हुँदाहुँदै अस्वभाविक मृत्यु रोज्ने किन ?


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक