20200917

गीत !


राम्रो कुरा सुन्नै चाहन्नन कानहरु आजकल 

राम्रो कुरा हेर्नै चाहन्नन आँखाहरु आजकल 

राम्रो काम गर्नै चाहन्नन हातहरु आजकल 

राम्रो ठाउँमा पर्नै चाहन्नन खुट्टाहरु आजकल 

राम्रो कुरा सिक्न चाहन्नन मनहरु आजकल

धर्म कर्म गर्न चाहन्नन तनहरु आजकल 

सत्य न्याय हेर्न चाहन्नन धनहरु आजकल

मान्छे देख्न भेट्न चाहन्नन बनहरु आजकल 

बरु ज्ञानी बाघ भालु जनावर आजकल

मान्छेलाई मान्छेको डर, छैनभर आजकल

भन्छ उत्तम मै हुँं प्राणी, तर उल्टो आजकल

लौन प्रभु बनाइदिनुस मान्छे सुल्टो आजकल !

- रामप्रसाद खनाल, सेप्टेम्बर १७, २०२०, हाल अमेरिका ।

                   "याद आउँछ दशैंको"

      एक पटक अबस्य हेरिदिनुहोला है !

 तपाईं दर्शक श्रोताहरु नै मेरो साँगीतिक जिबनका भगवान र न्यायाधीशहरु हुनुहुन्छ । तपाईंहरुले मेरा गीत संगीत हेरिदिनुहुन्छ, सुनिदिनुहुन्छ र गाउन मन लाग्छ । परदेशमा बस्ने लाखौं लाख नेपालीहरुको पिँडा, घरदेशमा बस्ने आफन्तहरुको सम्झना र पिँडा, मेरो पिँडा, तपाईंको पिँडा, म र तपाईं जस्ता हामी सबै सबैको पिँडा गीतमा । बिगतमा जस्तै यहाँहरुको माया र साथको लागि बिनम्र आग्रह गर्दै मेरो यो च्यानल Subscribe गरिनुहुन पनि सादर अनुरोध । बिदेशको बसाई, घडीको सुई अनुसार चल्नु पर्ने जिबन, त्यस माथि कोरोनाको माहामारी । गीत, भिडियो भने जस्तो बनाउन सम्भब भएन यस पटक । बाँचिएछ भने अर्को बर्ष दिल खोलेर गाउने नै छु, बनाउनेनै छु । यस बर्षका लागि जे जस्तो भयो कृपया स्वीकारीदिनुहोला । छोरी सुस्माको सहयोगमा बनाइएको भिडियोमा भएका कमी कमजोरी प्रति पहिलेनै क्षमा याचना गर्दछु । धन्यवाद । तपाईं हामी सबैको जय होस । रुन छोड भो कोइली चरी डाली बसी तैंले तैंले मात्र रोइस भने के गर्ने हो मैंले ? याद आउँछ ए आमा ठूलो चाड दशैंको याद आउँछ ए बाबा गाउँ जाने बसैको ! बाँकी गीत मै सुनिदिनुहोला, हेरिदिनुहोला । तपाईंका लाइक, कम्मेन्ट, हाम्रा लागि आशिर्बाद हुन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक