20200930

कांग्रेस, एमाले, माओवादी अराष्ट्रियताबाट उब्जेका रोग हुन् !

- दीर्घराज प्रसाई

अव यसरी देश चल्दैन ! नेपालको सार्वभौमसत्ता र राष्ट्रिय एकता अक्षुण्ण राख्न राजसंस्था सहितको हिन्दु अधिराज्य अटल राख्न बलिदान दिनेबेला यही हो ! 

 नेपालका तीन विशेषता छन् । पहिलो विशेषता हो– नेपाल विश्वको सबैभन्दा पुरानो वेद, उपनिषद् पौराणिक नीतिशास्त्रको उद्गमभूमि हो । दोस्रो हो, विश्वको सबैभन्दा पुरानो सार्वभौमसत्ता मुलुक तेस्रो हो विश्वको हिन्दुअधिराज्य । पहिलो र दोस्रो हाम्रो आफ्नै विशेषता र गौरव हो भने तेस्रो विश्वका हिन्दुहरूको सरोकार र गौरवको विषय हो । तर नेपालमा अहिलेको खतरा भनेकै तीन पार्टीका कांग्रेस, एमाले, माओवादी गद्दार नेताहरूका अकर्मण्यता र अराष्ट्रियताबाट उब्जेका रोग हो । 

देशद्रोहीहरूको अत्याचारको पराकाष्ठा नाघेकाले हिन्दुअधिराज्य र राजसंस्थाको पुनर्बहालीको लागि नेपाल अधिराज्यभरी आवाज उठेको छ । हिन्दुअधिराज्य तथा राजसंस्थालाई यथावत राख्न नेपाल अधिराज्यभरी जनता आन्दोलित छन् । नेपालमा यस्तो खतरा आउछ भनेर कसैले सोचेको नैं थिएन । नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र स्थापित गराउन खोजियो भने नेपाल भन्ने देशको नामोनिसान रहने छैन । त्यसैले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय एकता अक्षुण्ण राख्न राजसंस्था सहितको हिन्दु अधिराज्य अटल राख्न हामी सबै देशभक्त नेपालीहरूले बलिदान दिनेबेला यही हो । 

अव यसरी देश चल्दैन । नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा वाध्न सक्ने संयन्त्र– राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली नैं हो । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति सक्रिय बनेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्दै पिछडिएको क्षेत्र र जातिको विकासको लागि राज्यको सम्पूर्ण शक्ति संवैधानिक राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्य कायम राख्न केन्द्रीत गराएर देश बचाउन सक्नुपर्छ ।

नेपालमा अहिलेको खतरा भनेकै तीन पार्टीका एमाले+माओवादी, कांग्रेसका गद्दार नेताहरूका अकर्मण्यता र अराष्ट्रियताबाट उब्जेका रोग हो । २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति गर्न पुगेका दिनदेखि नेपालको सार्वभौमसत्ता माथि कांग्रेस (आई) र उसको गुप्तचर संस्थाबाट शुरू भएको षड्यन्त्रबाट उब्जेका रोग हो । ।

नेपाल हिन्दुअधिराज्य नेपालको पहिचान मात्र नभएर विश्वका हिन्दुहरू आस्थाकेन्द्र भएकाले भारतलगायत विश्वका हिन्दुवादी संस्थाहरूले नेपाललाई हिन्दुअधिराज्य कायम राख्न दबाब दिएर हिन्दुहरूको अस्मिता बचाउन सक्नुपर्छ ।

नेपाल सांस्कृतिक राष्ट्रवादको उद्गम हो । नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नै धनी राष्ट्र मानिन्छ । अहिले देश राष्ट्रघातीहरुको कब्जामा छ । एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्मनिरपेक्षता, जातीय आधारमा संघीय राज्यको अवधारण अगाडि सारेर देश र जनतालाई धोका दिएकाले अहिलेको बिकराल अवस्था सिर्जिएको हो ।  नेपालका कुनै यस्तो जाति नहोस् जसले आफ्नो देशका पहिचान र मान्यताहरु समाप्त भएको हेर्न चाहन्छ ।

विसं १९०३ असोज ३ गतेको कोतपर्वकै कालो दिनमा २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान घोषणा गरेर गणतन्त्र र धर्मनिरपेक्ष लादिएको छ । पदलोलुप्त सिद्धान्तच्यूत विदेशीहरूका भरिया भएर कांग्रेस, एमाले र माओवादीका नेताहरूबाट जबरजस्त नेपाली जनताको अभिमतबिना संविधानसभाका सांसदहरूलाई ह्वीप लगाएर गणतन्त्र घोषणा गरिएको छ ।

वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । पाञ्चायन देवतामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायन देवी–देवताको आराधनाको आ–आफ्नै समय हुन्छ । हिन्दु, बौद्ध र किरातहरु गरी जम्मा नेपालमा हामी ओकार परिवार ९६ प्रतिशत भएकाले नेपालमा संवैधानिक राजसंस्था लगायत हिन्दु तथा बौद्ध अधिराज्यको रुपमा घोषित रहोस भन्ने हामी स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको माग छ ।

भारतमा असी करोड हिन्दुहरूको बसोबास छ । नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्य हो । हिन्दुअधिराज्य धर्मको नामले मात्र होइन, सुरक्षाको अवधारणामा यसको ठूलो शक्ति छ । भारतबर्षमा हजारबर्ष सम्मको मुसलमान र अंग्रेजको साम्राज्यले त्यहाँका हिन्दुहरूको अस्मिता खल्बलिइसकेको अवस्थामा हिमवतखण्ड नेपाल कहिले पनि विदेशीहरूको कब्जामा परेन । यसक्षेत्रका पचासौं हिन्दुराज्यहरू पनि ठूलो संकटमा परिसकेका थिए । अंग्रेजले यस क्षेत्रलाई कब्जा गर्ने रणनीति बनाइसकेको थियो । त्यो स्थितिमा पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खा, कास्की, नुवाकोट कीर्तिपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, मकवानपुर, पाल्पा, बाइसी, चौबिसी आदि स्वतन्त्र यहाँका ५४ भन्दा बढी हिन्दुराज्यहरूलाई विशाल नेपाललाई एकीकृत गरेर बनेको नेपाल उसबेलादेखिको हिन्दुअधिराज्य हो ।

हिन्दुअधिराज्यलाई यथावत कायम राखेको भए ८० करोड हिन्दुहरू भएको मुलुक भारतले यसरी हेपेर नेपाललाई धम्की दिन सक्दैनथ्यो । नेपालका तीन पार्टीका गद्दार नेताहरूले त्यही भारतीय गुप्तचर संस्था रअ को फन्दामा फसेर गणतन्त्र र धर्मनिरपेक्ष घोषणा गरी हिन्दुहरू संरक्षणविहीन, पहिचानविहीन बनेपछि अहिले भारतले झम्टिएको हो ।

२०१८ सालमा राजा महेन्द्रको भारत सवारी भएको थियो । त्यस अवस्थामा भारतीय प्रधानमन्त्री लगायत भारतीय पक्षले राजा महेन्द्रलाई हेप्न खोजेकाले राजा महेन्द्रले नेहरू र उनका पक्षधरहरूलाई झुकाएर नेपालको स्वाभिमान बचाउन २०१९ सालको संविधानमा नेपाललाई हिन्दुअधिराज्य उल्लेखित गरिएको हो । नेपालको एकीकरणका बेलादेखि नैं नेपाल हिन्दुअधिराज्य बनेको नैं हो तथापि यसरी नेपाललाई हिन्दुअधिराज्य उल्लेख गरेपछि भारतीय हिन्दुहरू अत्यन्त प्रभावित भएर ‘हमारा एक मात्र हिन्ुराष्ट्र नेपाल है, हमारा एक मात्र हिन्दु सम्राट नेपालपर है’ भनेर गौरव गर्न लागे ।

यस हिसावले भारतका सम्पूर्ण हिन्दुहरूको देवभूमिको रूपमा नेपाल ठहरेपछि प्रधानमंत्री नेहरूले हिन्दुहरूको भोट नपाउने डरले नेपाल बिरूद्ध लागेनन् । त्यसैले हिन्दुअधिराज्यको महानता भनेको नेपालको सुरक्षा अवधारणाभित्रको महानता हो । त्यसैले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय एकता अक्षुण्ण राख्न राजसंस्था सहितको हिन्दु अधिराज्य अटल राख्न हामी सबै देशभक्त नेपालीहरूले बलिदान दिनेबेला यही हो ।

अव सबै पार्टीका देशभक्त कार्यकर्ताहरुले आफ्नो धोकेबाज नेताको पक्षमा नलागी पार्टी भित्रका देशभक्तहरु, अदालत, नेपाली सेना, प्रशासकीय अङ्गहरु लगायत तमाम देशभक्तहरुले नेपालको अस्तित्व बचाउनु संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरी अगाडि बढ्न समर्पित हौं ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक