20201015

फोहोरको डुङ्गुर र रमाउने सुँगुर !

 फोहोरी राजनीतिको आहाल भित्र,  

दुर्गन्धको सागर भित्र, 

फोहोरको डुङ्गुर भित्र

 रमाउने सुँगुर जस्तै 

चुर्लुम्म डुबेर आनन्दित हुनेहरूलाई    

ज्यानमारा, लुटेरा, भ्रष्ट र अनैतिकहरूलाई 

आफ्नो आदर्श मान्दै, नेता मान्दै  

उनीहरूकै दासता स्वीकार गर्दै 

आफ्ना सद्दे काँधहरू कुहाउँदै 

जीवन भर तिनैलाई बोक्छौ भने 

आफ्ना स्वाभिमानहरुलाई, 

बन्धकीमा राख्दै रोक्छौ भने 

नैतिकता र इमानदारितालाई 

शती युगमा शती गए जस्तै, 

बलिरहेको चिताको आगोमा ठोक्छौ भने 

म तिमीलाई के नै भन्न सक्छु र ! 

रमाऊ, अझै रमाऊ

फोहोरको डुङ्गुर भित्र !

संसार त्यहीँ देख,

तिनलाई नै अझै महान् बनाएर लेख !

किनकि

जिउँदैमा मर्ने बानी परिसकेकाहरूलाई 

त्यही डुङ्गुरको आहाल भित्र 

दाश बनेर घरजम गरिसकेकाहरूलाई

बाहिरी संसार संसार लाग्दैन 

सुँगुर फोहोरको आहालबाट कहिल्यै भाग्दैन !

- रामप्रसाद खनाल, असौज २९, २०७७  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक