20201015

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६ सय ९४

काठमाडौँ ।  आज काठमाडौँ उपत्यकामा एक हजार ९ सय ३४ जना सहित देशभर  ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज देशका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज काठमाडौँमा एक हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा एक सय ८ सहित काठमाडौँ उपत्यकामा एक हजार ९ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै आज ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ८४ हजार ५ सय १८ पुगेको प्रा. डा गौतमले जानकारी दिनुभयो ।

यस्तै आज थप १९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु  हुनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । आज देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २४ हजार एक सय ९४ जना होम आइसोलेसन र १२ हजार ३ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

उपत्यकामा आज थप एक हजार नौ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार नौ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा, एक हजार छ सय ९३ जना, ललितपुरमा एक सय आठ जना, र भक्तपुरमा एक सय ३४ जना गरी आ ज उपत्यकामा थप एक हजार नौ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।

त्यस्तै आज देशभर आज तीन हजार पाँच सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ८४ हजार पाँच सय १८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले बताउनुभयो  ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक