20201017

दशैँ तिहार यस पटक नमनाएकै जाती !


 आज देखी दशैँ सुरु भयो । सबै सबैलाई बडादशैँको हार्दिक शुभकामना । नवदुर्गा भवानी सबैको दाहिना होउन् कामना पनि । 

एउटा अनुरोध सबै सँग : कोरोना सङ्क्रमण अहिले जुन रूपमा बढ्दै गएको छ संसार भर, नेपालमा झनै विकराल स्थितिको सन्निकट छौँ हामी । अहिले त सुरुवात मात्र हो जो देखिएको छ । कृपया सावधानी अपनाउँ । यदि हामीले लापरबाही गर्‍यौँ भने, दशैँ तिहारमा पनि जमघट, आवत जावत गर्‍यौँ भने हामीले दशैँ तिहार पछाडि हाम्रा बा आमा, हजुर बा, हजुर आमा देखी थुप्रै आफन्तजनलाई कालको मुखमा धकेल्ने छौँ । कृपया यस्तो गल्ती गर्दै नगरौँ । यस पटक दशैँ जहाँ छौँ त्यहीँ मनाऊँ । सकिन्छ भने नमनाएकै जाती । कोरोना हल्ला वा हाउगुजी मात्र होइन है ।

हामीले अमेरिकामा नजिकबाट देखिरहेका छौँ कोरोना के हो भन्ने कुरा । अमेरिकाले कोरोना हल्ला, हाउगुजी मात्र हो भनेर सुरुका दिनमा खेलबाड गर्दा आज सम्म दुई लाख बिस हजार भन्दा बढी आफ्ना निर्दोष नागरिक गुमाइसकेको छ । लाखौँ सङ्क्रमित छन् । ठुलो मूल्य चुकाइरहेको छ त्यसै  गरी विश्वले पनि । यहाँ र संसारभर कोरोनाको दोस्रो लहर सुरु भैसकेको छ । कृपया आफू पनि बँचौं र अरूलाई पनि बँचाऔँ । चिकित्सक र वैज्ञानिकहरूका कुरा सुन्ने गरौँ । सावधानी अपनाउँ । दशैँ तिहार फेरी पनि आउने छन्, बाँचियो भने धूमधाम मनाउँला तर यस पटक नमनाएकै जाती छ है ।                 

    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक