20201021

अमेरिकामा बस्ने नेपाली मित्रहरुसँग चुनाव बारे सादर अनुरोध !

 

चुनाब नजिकिएको छ । यदी तपाईंसँग मताधिकार छ, तपाईं पनि भोटर्स हुनुहुन्छ भने तपाईंलाई जुन उम्मेदवार मन पर्छ उसैलाई भोट हाल्नुस । तर कुनै पनि उम्मेदवारलाई गाली गलौज गर्नु वा कसैले कसैको समर्थन गर्दा अर्को माथि खनिनुको कुनै तुक छैन । बिरोधको सबैभन्दा ठुलो बाण हो - त्यसलाई भोट नदिनु । मन नपर्ने लाई भोट नदिनुस न, कुरै सकियो त । मैले स्वतन्त्र रुपमा नजिकबाट नियालिरहेको छु केही समय यता - हाम्रा केही नेपाली मित्रहरु जो, कोही देउबालाई त कोही ओली प्रचण्डलाई आफ्नो आदर्श र महान राजनेता मान्नुहुन्छ, जो सँग अमेरिकाको मताधिकारनै छैन वहाँहरुले ट्रम्प या बाइडेनलाई नानाथरी भन्नु अघि आफु ऐना अगाडि उभिएर आफ्नो हैसियतलाई नियाल्ने हो कि पहिला ! आफ्नै श्रीमतिले नपत्याउने केहीले नेपाली फर बाइडेन त कसैले नेपाली फर ट्रम्प भनेको पनि देखियो । यि दुबै धार गलत छन । हामी नेपालीहरुको भोटले यहाँ ठुलो अर्थ राख्दैन तर भोटर्सले आफुलाई मन परेको उम्मेदवार लाई भोट गरौँ । अर्को कुरा हामी उग्र भएर कसैको पक्ष वा बिपक्षमा बोल्दा, लेख्दा, प्रस्तुत हुँदा वास्तविक अमेरिकनहरुलाई नपचेको पनि हुन सक्छ भन्ने मनन गरौँ । उताको पारा यता नदेखाउँ । आफ्ना काम धन्दा, ब्यवसायमा ध्यान दिउँ, आफ्नो खुट्टामा आफै उभिने बातावरण बनाउँ । बेरोजगारी भत्ता खाने र घर घर मै बसेर ट्याउँ ट्याउँ गर्ने गर्न छाडौं । फुड स्टाम्प र मेडिकेडमा आश्रित हुन छाडौँ । आफै म केही गर्न सक्छु भनेर उदाहरण बनौँ । यो भूमी अबसरको खानी हो, उपयोग गरौँ ।  त्यसमै हामी सबैको भलाई छ । सत्य तितो हुन्छ, कृपया दु:ख नमान्नुहोला है !!                        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक