20201020

कोरोना संक्रमण हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ , मृत्यु हुनेको संख्या ७ सय ६५ !

 


काठमाडौं । आज काठमाडौ उपत्यकामा १ हजार ७ सय २ सहित देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनामा पिसिआर परिक्षण गर्दा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै काठमाडौमा १ हजार ४ सय ३१, भक्तपुरमा एक सय ४८ र ललितपुरमा एक सय २३ सहित काठमाडौ उपत्यकामा एक हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तै आज थप २ हजार १ सय ८ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ । यस्तै कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २८ हजार एक सय ९६ जना होम आईसोलसनम र १३ हजार ५ सय ५९ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय ७३ जना आइ.सी.यु र ७८ जनाको भेण्टिलेटरमा राखी उपचार भईरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारी विरुद्धको लडाँइमा सरकार र जनतावीचको सम्बन्ध बलियोे बनाउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री ढकालले मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा आफ्ना सन्देश राख्नुहुदै कोरोना संक्रमणको जटिल परिस्थितिको सामना गर्न सरकार र जनतावीच बलियो र विस्वासिलो सम्वन्ध स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री ढकालले कोरोना संक्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि सवै तहका सरकार, राजनैतिक दल, समूदाय, नागरिक समाज, नीजि क्षेत्रबाट सहयोग समन्वयको खाँचो औल्याउनुभयो ।

यस्तै कोरोना संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि सञ्चार क्षेत्रले प्रवावकारी योगदान पुर्याएको भन्नुहुदै मन्त्री ढकालले आगामि दिनमा समेत सघन सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै सरकारले सम्पुर्ण नागरिकको जीवन रक्षका लागि अक्सिजन, अवाश्यक औषधी तथा उपकरणहरुको अभाव हुन नदिन ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको बताउनुभएको छ ।

मन्त्री ढकालले कोरोना संक्रमणका गम्भीर बिरामीहरुको उपचारलाई सहज बनाउन अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाई डिपेन्डेन्सी युनिट थप गर्ने काम तिव्र गतिमा अघि बढाईएको जानकारी गराउनुभयो ।

यस्तै सबै तहमा स्वास्थ्य सेवा उपलब्धताका लागि अस्पताल नभएका ६ सय ४९ स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय अस्पताल स्तर उन्नती गरी ६ हजार २ सय २ वेड थप गर्ने कार्य अघि बढेको जानकारी दिनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक