20201020

सरकारले हात उठाएको अवस्था मा ! - प्रदीप रिजाल

आज सरकारले हात उठाएको अवस्था छ, निरिहता प्रस्तुत गरिसकेकोछ, यो परिस्थिति एकाएक देखा परेको वा अपरझट शृजना भएको हुँदै होइन। यदि सरकार जनउत्तरदायी हुन्थ्यो अथवा सरकारी जिम्मेवारीमा रहेकाहरुमा अलिकती पनि विवेक हुन्थ्यो भने यतिखेर सरकारले यो हालत देख्नु पर्थेन भने हामी जनताले पनि यो बिडम्बना भोग्नु पर्ने थिएन । इटालिमा भयावह हुँदा हाम्रोमा दुईजना पोजिटिभ बिरामी थिए, निकटको छिमेकि चिनले अलौकिक क्षमता प्रस्तुत गर्दै अकल्पनीय सफलता पाउँदै गरेको अनुभव थियो, अमेरिकाले धेरै वास्ता नगरेको कारणले परिणाम भोग्न थालिसकेको थियो र अर्को निकट छिमेकी इन्डियामा परिस्थिति काबुभन्दा बाहिर गै रहेको थियो। त्यतिबेला हामी मस्त थियौं, कानभरि तेल राखेर बसेका रहेछौं केर।

संसारभरी  नेपालमा कोरोना नफैलनुका कारणहरुको कतै तथ्यपरक त कतै अतिसयुक्त प्रस्तुति र चर्चा थियो। 

केही जानकारहरु, केही सचेतहरु, केही अनुभविहरु र विवेकिहरुले निरन्तर सरकारलाई खवरदारी गर्ने, सचेत पार्ने, सुझाव दिने, उपायहरु सुझाउने, पुर्वतयारिका उदाहरणहरु दिने र निरन्तर झकझक्याउने कार्यहरु गर्न बाँकी

राखेका भने थिएनन् ।

तर ...... हालत आज यस्तो भयो। अझै के के भोग्नु, देख्नु र सुन्नु पर्ने हो ?

 यी सबैकुरा केलाएर ल्याउँदा र घटनक्रमहरुको फेहरिस्त अगाडि राखेर हेर्दा एउटै निश्कर्षमा पुगिन्छ कि  सरकारमा "कुमान्छे" हरुको बोलबाला रहेछ, "मूढ" हरुको नेतृत्व रहेछ, "स्वाँठ" हरुको हालिमुहाली रहेछ, दुई पैसाको बुद्धि विवेक र ल्याकत रहेनछ भन्ने कुरा छर्लङ्ग देखिएको छ।

अब यसलाई के भन्ने???

 यी सब कुराको हिसाब-किताब चुनाव भएछ भने मतदाताले त्यति बेला नै गरून्।

तर देश त हाम्रै हो, सरकार जे जस्तो भए पनि नेपालकै हो र हामी देशवासी पनि यहिं नै छौं।

के अब लाचार भएर, आत्म सपर्पण गरेर काल पर्खने मात्र हो वा अझै पनि केही गर्ने ठाउँ छ? 

अबश्यपनी अन्तिम बेला सम्म प्रयास जारी राख्नै पर्दछ, ल सरकार तपसिलका कुरामा ध्यान दिएर जनताको साथमा अघि बढौं र परिस्थिति काबुमा ल्याउँ:

१) सांसद विकास कोषको रकम दुईवर्ष कोभिड नियन्त्रणमा लगाउँ ( २७५ लाई ६ करोडले गुणा गर्दा १६अर्व ५० करोड हुन्छ)

२) निर्वाचित जनप्रतिनिधिको दुईवर्षको सबै खाले भत्ता पनि यसैमा लगाउँ ( अरबौँ हुन्छ)

३) रातो किताबमा परेका तर विभिन्न कारणले तत्काल शुरु गर्न नसकिने नेताको निहित स्वार्थमा छनौटमा परेका तर जनसरोकारका हिसाबले गौण योजनाहरु पनि दुईवर्षलाई स्थगित गरौं ( खरबौं रकम आउँछ)

४) केही वर्षलाई भोगविलासका  तमाम साधन र सामाग्रीहरुको आयात रोकौं।

५) मुख्य खाद्यान्न आयात गर्नुपर्ने  अवस्था नाआवोस भन्नलाई विशेष कृषि अभियान चलाउने र रोजगारिको व्यापक शृजना गर्दै खाद्यान्नमा आत्मनिर्भर हुन आजै काममा जुटौं।

६) कालोबजारी कार्टेलिङ्ग र सिण्डिकेट प्रथालाई समुल नस्ट गरि अत्याधिक लाभ उत्पादनकर्ताले पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नु नपर्ने बाताबरण जसरी पनि बनाउने। बरु असल नियतले "स्वास्थ्य संकटकाल" को घोषणा गर्न सकिनेछ।

७) सबैले ( सरकारी, गैरसरकारी र जनता) देश रहे, प्राण रहे र समाज रहे मात्र सबै चिजको महत्व हुन्छ, हाललाई सबै मिलौं हातेमालो गरौं र परिस्थितिमा बिजय हासिल गरौं अनि त "सुखी नेपाली समृद्ध नेपाल" को सुन्दर  मार्ग तयार हुनेछ र हामी सबैको "अभिस्ट" पनि त्यही नै हो होइन र?

यी माथिका सात (७) ओटामात्र बुँदा लागू गर्न पनि सर्वप्रथम स्वयं आफै प्रती आफू इमान्दार हुनुपर्दछ र प्रवल इच्छा शक्ति को आबश्यक्ता रहने छ। सकिन्छ, अबश्य सकिन्छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक