20201028

अधर्मी ज्यानमाराहरु लाई के दसैं, के तिहार !

 काठमाडौं । धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीका नेताहरुले दसैँ मनाउने कोही पनि कम्युनिष्ट हुनै नसक्ने दावी गरेका छन् । उनीहरुले दशैँ मनाउनेहरुलाई अन्ध विश्वासीको संज्ञा दिदै आफुहरुले दशैँ नमान्ने गरेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेकपा नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले धर्म नमान्ने भएकाले आफुहरुले दशैँ नमान्ने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “दशैँ मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन, कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वासै गर्दैन ।” कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उहाँको भनाई थियो । नेता गजुरेले आफु कहिल्यै मन्दीरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट व्यक्त गर्नुभयो । उहाँले आफुसहित नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी दिनुभयो।

आफुहरु धर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उहाँले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो । नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उहाँको टिप्पणी छ । आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उहाँले घुमाउरो तरिकाले उहाँले सच्चा कम्युनिष्ट हुन नसकेको आरोप लगाउनुभयो ।

नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरित दशैँ बहिस्कार गर्ने गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक