20201028

अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक !

 
अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ । सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरहेको र चन्द्रमाको पूरै सतहमा भन्नेतर्फ संकेत गरेको छ । नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले

चन्द्रमाको दक्षिण ध्रुवमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलोमध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ । विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी(ओएच)हो भन्नेमा छुट्याउन सकिएको थिएन । तर त्यो क्षेत्रबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औैंसको बोतल बराबरको पानी रहेको देखाएको छ । सो तथ्य नेचर एस्ट्रोनोमीको पछिल्लो अङ्कमा उल्लेख छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक