20201012

हामीले अझ धेरै दु:ख पाउने दिन बाँकी छन !!

श्वास प्रश्वास गर्न गार्हो भएमा, बेहोस हौंला जस्तो भएमा मात्र अस्पतालमा आउनु भनेको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अर्को उर्दी जारी गर्दै काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएछ । देशै भरी अस्पतालले क्षमता नभएको भन्दै बिरामी लिन छाडेछन । कोरोनाका मात्र होइन अरु बिरामीहरु पनि स्वास्थ्य उपचारको अभाबमा घरमै, बाटोमै, अस्पताल बाहिर नै मर्न थालेका समाचार आइरहेका छन । नेपालमा अब कोरोनाले भन्दा पनि सरकारी नालायकीपनका कारण धेरैको ज्यान जाने देखियो । सँघियता सहितको लोकतन्त्र, गणतन्त्र ल्याएका, एउटा राजा फालेका र हजार छोँटे राजा पालेका हामी नेपालीले पाउने लोक कल्याणकारी राज्य यस्तै त हुने होला । हामीले अझ धेरै दु:ख पाउने दिन बाँकी छन यो त शुरुवात मात्र हो ! चेतना भया !! 

यस्तो बेलामा सत्तारुढ नेकपाको बैठक पार्टी एकताका काम पुरा गर्ने निर्णय गर्छ, कर्णालीमा आफ्नै मुख्यमन्त्री बिरुध्द आफै अबिश्वास ल्याउँछ ! वाह सरकार ! क्या सरकार !! स्वाद चाखौँ हामी जनता !!! अरु के भनम र खोइ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक