20201012

डा. सुकदेब शाहको हिंजो डिसी नजिकै अलेक्जेन्ड्रिया आफ्नै निवासमा हृदयघात भएर दु:खद निधन


 IMF का पूर्व सिनियर एकोनोमिस्ट डा. सुकदेब शाहको हिंजो डिसी नजिकै अलेक्जेन्ड्रिया आफ्नै निवासमा दु:खद निधन भएको छ । अशल राजनीतिज्ञ, समाजसेबी, नेपाल र नेपालीका लागि क्रियाशिल एकजना होनाहार ब्यक्तित्व डा. शाहको घरकै बाथरुममा हृदयघात भएर वहाँको निधन भएको वहाँकी जिबन संगिनी बिजया शाहले नेपाल मदर लाई बताउनुभयो । 

डा. शाहको यस अघिनै मुटुको बाइपास सर्जरी गरिएको थियो तर वहाँ स्वस्थ हुनुहुन्थ्यो, बाथरुममा गएका बेला फेरी हृदयघात भएछ - बिजया शाहले भन्नुभयो । डिसी नजिकै अलेक्जेन्ड्रियामा बसोबास गर्दै आउनुभएका ७८ बर्सिय डा. शाहलाई गत बर्ष मात्र पुत्र शोक परेको थियो । हाल वहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । 

डा. शाह नेपाल र नेपालीका लागि सधैं योगदान पुर्याएका ब्यक्तित्व हुनुहुन्छ । वहाँ नाता सम्बन्धले पूर्व प्रधान सेनापती रुकमाङगद कटवालको साढुभाई पनि हुनुहुन्छ ।

   नेपाल मदर डट कम स्वर्गीय डा. शाह प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारमा हार्दिक समबेदना पनि प्रकट गर्दछ ।  

       केही समय अघि आफ्नी जिबन संगिनी बिजया शाह सँग डा. शुकदेब शाह । 

                               अब यस्ता तस्वीर सम्झना मै सिमित रहे ।   

***********

हार्दिक श्रध्दान्जली डा. सुकदेब शाह प्रति !

अर्थशास्त्री, अशल राजनीतिज्ञ, समाजसेबी, नेपाल र नेपालीका लागि क्रियाशिल एकजना होनाहार ब्यक्तित्व, IMF का पूर्व सिनियर एकोनोमिस्ट डा. सुकदेब शाहको हिंजो आफ्नै निवास डिसी नजिकै अलेक्जेन्ड्रियामा दु:खद निधन भएको छ । घरकै बाथरुममा हृदयघात भएर वहाँको निधन भएको हो । यो खबर ले हामी अत्यन्त दुखीत र मर्माहित भएका छौँ । यस दु:खद घडीमा स्वर्गीय डा. शाह प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त आदरणीय दिज्यू बिजया शाह र परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौं । 

- रामप्रसाद खनाल - अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च समस्त परिवार 

- नेपाल मदर डट कम ( Nepalmother.com ) समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक