20201011

२४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु

 काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै  एक लाख सातहजार ७५५ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा दुई हजार ७१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेमसहित संस्थागत अाइसाेलेसनमा बसेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक  हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४  सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । एक दिनमो यस संख्यामा मृत्यु भएको सबैभन्दा बढी हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक