20201120

नारायण अधिकारीलाई सार्वजनिक सूचना !


 हाल भर्जिनिया अमेरिका निवासी नारायण अधिकारी नाम गरेका एक जना व्यक्तिले आफ्नो फेसबुक स्ट्याटसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीमा म अध्यक्ष हुँदा संस्थाको विधान, नीति नियम अनुसार वितरित आजीवन सदस्यताको विषयमा मेरो चरित्र हत्या गर्दै लेखेको स्ट्याटस प्रति मेरो ध्यानाकर्षण भएको छ । निज नारायण अधिकारीलाई सामाजिक सञ्जालमा काल्पनिक र जथाभाबी लेख्न र चरित्र हत्या गर्न छाडेर सो सम्बन्धमा कुनै जिज्ञासा भए, सो सम्बन्धमा थाहा नभएको भए सम्बन्धित कमिटी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटी वा केन्द्र सँग सोधपुछ गर्न म चुनौती दिन चाहन्छु । हाम्रो कार्यकालमा वितरित हरेक आजीवन सदस्यता डिसी मेट्रो कमिटीको आफ्नै फर्मेट जुन फर्मेट संस्थाका पिता / संस्थापक होमनाथ सुबेदी ज्यु सँगको परामर्शमा र वहाँकै सहयोगमा संस्थाका आजीवन सदस्य गुहनाथ पौडेलले डिजाइन गरिदिनुभएको थियो । हामीले वितरण गरेका आजीवन सदस्यता नियमानुसार अध्यक्षका नाताले मैले र धेरै जसोमा संस्थापक अध्यक्ष होमनाथ सुबेदीले हस्ताक्षर गर्नुभएको छ । यस बाहेक आयोजित कार्यक्रमहरूमा प्रमुख अतिथिको रूपमा आमन्त्रित व्यक्तित्वहरूले र अध्यक्षका हैसियतले मैले हस्ताक्षर गरेका बाहेक मेरो दुबै कार्यकालमा अरू कुनै प्रमाणपत्र वितरण गरिएको छैन । केन्द्रबाट हाम्रो दुई कार्यकालमा कुनै आजीवन सदस्यता प्रमाण पत्र  नआएको र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीबाटै वितरण गरिएको बारे कुनै शङ्का भए अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीसँग, संस्थाका पिता / संस्थापक होमनाथ सुबेदी ज्यु सँग, मेरो कार्यकालमा महासचिव र उपाध्यक्षको रूपमा कार्यरत हालका अध्यक्ष भूपनारायण घर्तिमगर सहित सिङ्गो कमिटी सँग जानकारी लिन नारायण अधिकारीलाई यो सार्वजनिक सूचना मार्फत चेतावनी सहित जानकारी गराउँछु । यस बारेमा संस्थाका पिता / संस्थापक होमनाथ सुबेदीज्यूसँग, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगर, केन्द्रीय उपाध्यक्ष गोवर्धन पूजासँग जानकारी लिन चाहे लिन, चरित्र हत्या नगर्न चेतावनी दिँदै यस पछि पनि नारायण अधिकारीले चरित्र हत्या गर्ने दुस्साहस गरेमा निज अधिकारीलाई कानुनी कारबाही भोग्न तयार रहन सचेत गराउँदै यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । 
हेर भाई नारायण, तिमीसँग न हाम्रो कुनै दुस्मनी नै छ न त दुस्मनी हुनुपर्ने कारण नै छ तर तिम्रा बेलगाम् चरित्र हत्याका कहानी अब सहने छैनौं हामी । तिमीले म र मेरो तत्कालिन कार्य समितिलाई जसरी लान्छित गर्ने दुस्प्रयास गर्यौ अब जबाफका लागि तयार होउ । अझै पनि तिम्रो होस खुलेन भने तिमीले महङ्गो कानुनी जबाफका लागि तयार होउ भाई । इट को जबाफ पथ्थरले कसरी दिनुपर्छ त्यो हामीलाई राम्रैसँग थाहा छ, चेतना भया ।    

- रामप्रसाद खनाल - पूर्व अध्यक्ष 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
 वाशिङटन डिसी मेट्रो कमिटी
कार्तिक २०, २०७७  
***********************************

Updated 

नारायण अधिकारी नाम गरेका, अर्काको चरित्र हत्या गर्ने अराजकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीको चेतावनी 
  

                                मिति :-नोभेम्बर २१  २०२१ 

                         बिषय:- प्रेस बिज्ञप्ती 

 हालै सामाजिक सञ्जाल  (फेसबुकमा) नारायण  अधिकारि  नाम गरेका ब्यक्तिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीका तत्कालिन अध्यक्ष श्री रामप्रसाद खनालज्यूलाई सँस्थाको विधान, नीति  र नियम अनुसार बितरित गरिएका  आजीवन सदस्यताको विषयमा चरित्र हत्या गर्दै लेखेको स्ट्याटस प्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।  उक्त सामाजिक सञ्जालमा  आएका कुराहरू काल्पनिक र  आधारहिन  छन्।

 खनाल अध्यक्ष हुँदा आजीवन सदस्यता डि सी मेट्रो कमिटीको आफ्नै फर्मेट, जुन फर्मेट सँस्थाका पिता / सँस्थापक श्री होमनाथ सुबेदी ज्यू सँगको परामर्शमा र वहाँकै सहयोगमा सँस्थाका आजीवन सदस्य श्री  गुहनाथ पौडेलज्यूले डिजाइन गरिदिनु भएको थियो । हामीले वितरण गरेका आजीवन सदस्यता नियमानुसार अध्यक्षका नाताले खनालज्यूले र धेरै जसोमा सँस्थापक अध्यक्ष श्री होमनाथ सुबेदीज्यूले हस्ताक्षर गर्नुभएको छ । यस बाहेक आयोजित कार्यक्रमहरूमा प्रमुख अतिथिको रूपमा आमन्त्रित व्यक्तित्वहरूले र अध्यक्षका हैसियतले खनालले हस्ताक्षर गरेका बाहेक दुबै कार्यकालमा अरू कुनै प्रमाणपत्र बितरण गरिएको छैन । केन्द्रबाट हालसम्म कुनै आजीवन सदस्यता प्रमाण पत्र  आएको  छैन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीबाटै वितरण गरिएका आजीवन सदस्यता बारे कुनै जिज्ञासा भए अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीसंग, सँस्थाका पिता / सँस्थापक श्री होमनाथ सुबेदी ज्यू संग र  हाम्रो सिङ्गो कमिटीसंग जानकारी लिन सरोकारवालालाई अनुरोध गर्दछौं । 

यस प्रकारका कपोल्कल्पित र चरित्र हत्या गर्ने कार्य बन्द गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटी सम्बन्धित ब्यक्तिलाई सचेत गराउन चाहन्छ।

धन्यवाद!

मुकुन्द कोईराला
महा-सचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
वाशिङ्गटन डि सी मेट्रो कमिटी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक