20201102

लोकतन्त्र, गणतन्त्र र संघियता पूर्ण असफल भएको बताउँदै बुटवलमा कोरोना कहरमा पनि यसरी भयो प्रदर्शन, जनताको धैर्यताको बाँध यसरी टुट्दैछ !

 


बुटवल । हिन्दु राज्य र राजा सहितको प्रजातन्त्र माग गर्दै सोमबार बुटवलमा प्रदर्शन भएको छ । वीर गोर्खाली समूहको आयोजनामा रूपन्देहीको मणिग्रामवाट सुरु भएको मोटरसाइकल ¥याली बुटवलको ट्राफिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा सहभागीहरुले संबैधानिक राजतन्त्र र हिन्दु राज्य हुँदा मात्रै मुलुकको बिकास हुने बताए । कार्यक्रममा अहिलेका चर्चित राष्ट्रबादी अभियन्ता डिल्लीराम खनाल लगायतका बक्ताले लोकतन्त्र, गणतन्त्र र संघियता पूर्ण असफल भएको बताउँदै राजा फर्काउनुको कुनै बिकल्प छैन भन्नुभयो ।     
प्रदर्शनमा सहभागीहरुले गणतन्त्रको नाममा नेताहरुले जनतालाई आश्वासन मात्रै दिएको आरोप लगाए । गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिती बढाएको, सघियता नेपालको लागि सुहाउदो नभएकोे उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक