20201130

कोभिड–१९ को सङ्क्रमण बढेपछि भारतका विभिन्न शहरबाट फर्केका नेपालीहरु फेरि समूहमा भारत जान थाले, सरकार लाज लाग्दैन ?

कोभिड–१९ को सङ्क्रमण बढेपछि भारतका विभिन्न शहरबाट फर्केका नेपालीहरु फेरि समूहमा भारत जान थालेका छन् । औपचारिक रुपमा सीमा नाका खुला नभए पनि नेपालगञ्जस्थित जमूनाह नाका भएर दैनिक दुई हजारदेखि तीन हजार ५०० को सङ्ख्यामा नेपालीहरु भारतका विभिन्न शहरका लागि प्रस्थान गरिरहेका छन् ।

भारतबाट फर्केको लामो समय भएपछि अहिले फेरि फर्कनुपर्ने बाध्यता भयो, जमूनाह नाकामा भेटिनुभएका सुर्खेत सिम्ताका यामबहादुर थापाले भन्नुभयो,– रोजगारीका लागि भारत जानुपर्ने भएपछि यहा आईपुगेका छौं ।

सीमा नाकामा यसरी भारत जानेहरुमा महिला र बालबालिका समेत  छन् । कतिपय महिलाले काखमा नवजात शिशु समेत बोकेका छन् । इलाका प्रहरी कार्यालय जमूनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक बिष्णु गिरीका अनुसार तिहार सकिएपछि भारत जानेहरुको सङ्ख्या बढेको छ । भारतबाट दैनिक चारसयको सङ्ख्यामा मात्रै नेपालीहरु भित्रिने गरेका छन् । भारत जानका लागि सीमामा विहानैदेखि नेपालीहरुको लाम लाग्ने गरेको छ ।
कोभिड–१९ को जोखिम बढेपछि चैत १० गतेदेखि नेपाल–भारतस्थित जमूनाह नाकामा अत्यावश्यक बाहेकको आवागमन बन्द छ । सुरक्षा निकायले अत्यावश्यक कामका लागि नेपाल र भारत दुबैतर्फ जान दिईरहेका छन् । भारतमा रोजगारीका लागि जानेहरुलाई पनि जान दिइएको छ । 


गोविन्द शर्मा / गोप 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक