20201207

आज एउटा जीबन बँचाउन सहयोगको अपिल !

 

 बालक सियोना श्रेष्ठ बचाऊ अभियानमा मनकारी नेपाली समुदायले अभूतपूर्व रुपमा सहयोग गरिरहेको र उनको उपचारमा लाग्ने २५ करोड जुटाउन अभियान जारीरहेको, २५ करोड लक्ष्य बोकेर हिडेको अभियानले करिव १५ करोड जुटाउन सफल भएको र अझै थप १० करोड नपुग भएको समाजसेबी धुर्ब सिँह सिलवालले नेपाल मदर लाई बताउनुभएको छ । वहाँका अनुसार सियोनाको उपचार नेपालमा सम्भव नभएको र बाहिर गर्दा उपचार खर्च करीब २५ करोडको लाग्ने हुनाले यति सियोनाको बुवाआमाले सामाजिक संजाल मार्फत सहयोगको अपेक्षा र अपिल अझ पनि गरिरहेको सिलवालले बताउनुभयो ।
 सियोनालाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मस्कुलर एट्रोफी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लागेको छ । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने हुन्छ । सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरि सक्नुपर्ने र छिटो गर्दा अझ राम्रो हुने चिकित्सकहरुको बताएका छन् । नेपालमा उपचार सम्भव नभएपछि सियोनाका बुवाआमा हाल उनिसंगै उपचारको लागि पोल्यान्ड वार्सामा छन् । बालिकाको हाल पोल्याण्डमै उपचार भैरहेको सिलवालले बताउनुभयो ।

यहाँहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने यो गो फण्ड मार्फत सहयोग गर्न सक्नु हुनेछ : 

https://www.gofundme.com/f/treatmentforsiyona? 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक