20201205

विश्व राजनीति : सत्य तितो हुन्छ ।

 परिपक्व र विकल्प सहितका नीति, योजनाहरू, योजनाहरूमा पनि प्लान A, प्लान B, प्लान C यस पछि यो, यो नभए यो भनेर प्रस्ट सँग हिसाब किताब गरेर, सङ्गठित जनता र विश्वसनीय, नैतिकवान नेतृत्व पङ्तीले नेतृत्व गरेर आन्दोलन / क्रान्ति गर्दा त्यस्ता आन्दोलन / क्रान्ति सफल भएका देखिन्छन विश्व राजनीतिमा ।  असङ्गठित र कित्ता कित्तामा विभाजित शक्ति, विभाजित जनता, ढुलमुले र स्पष्ट नीति, सिद्धान्त बिनाको आफुले कुर्सी पाए सबै ठिक, नपाए सबै बेठिक भन्ने स्वार्थी नेतृत्व, बिना योजना, अपरिपक्व तरिकाले आन्दोलन / क्रान्ति गर्दा त्यस्ता आन्दोलनहरू बिच मै तुहिएका, जनता झनै निराश भएका, भ्रष्ट शासकहरूले झनै "फुटाऊ र राजनीति गर" को मौका पाएका कयौँ नजिरहरू राजनीति शास्त्रको अलिकति जानकारी राख्नेलाई हेक्का हुन्छ नै । कुनै पनि आन्दोलन / क्रान्ति एक पटक फेल भयो भने त्यसलाई उठाउन फेरी गाह्रो मात्र हुन्न कयौँ वर्षको प्रतीक्षाको पनि आवश्यक हुन्छ । सत्य तितो हुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक