20201206

‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक

 काठमाडौँ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोेजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो । नीतिमा छिमेकी लगायत सबै मित्रराष्ट्रसँग नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख गरिएको छ । छिमेकी राष्ट्रहरुसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राखिने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिने, साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन गर्नेे लगायतका विषय समेटिएको छ । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याइएको बताउनुभयो । उहाँले परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको पनि बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक