20210101

सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न माग

 

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन तथा सभा गरेको छ । राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेर राप्रपाले रत्नपार्कमा सभा गरेको हो । सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय

सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न माग गरे । त्यसो हुन नसके जनताले सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनी दिए । उनले हिजो कठिन घडीमा राप्रपाले बोकेर हिडेको मुद्दा अब आम नेपालीको एजेण्डा बनिसकेको दाबी पनि गरे ।अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले देशी विदेशी शक्तिको चलखेल बढेको भन्दै राजसंस्थाले मुलुकको अभिभावक लिने समय आएको बताए । सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुश निस्किएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक