20210101

ब्रेक्जिटको पक्षमा जनमतसंग्रह भएको साढे ४ बर्षपछि गएरातिबाट बेलायत ईयूबाट पूर्ण रुपमा अलग

UK Product Safety and Metrology EU Exit Regulations – CRITICAL CATALYST

युरोपेली संघसंग औपचारिक रुपमा अलग भएपछि बेलायतका लागि नयाँ युगको सुरुवात भएको छ । ब्रेक्जिटको पक्षमा जनमतसंग्रह भएको साढे ४ बर्षपछि गएरातिबाट बेलायत ईयूबाट पूर्ण रुपमा अलग भएको हो । यात्रा, व्यापार, अध्यागमनर सुरक्षा

सहयोगको प्रतिस्थापनको व्यवस्था लागु भएपछि बेलायतले अब इयुको नियम पालना गर्नुपर्ने छैन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयुसंगको लामो ब्रेक्जिट प्रक्रियापछि अब बेलायत स्वतन्त्र बनेको बताउनु भएको छ । बेलायतलाई खुला व्यापारका लागि बाटो प्रशस्त गरेको प्रधानमन्त्री जोनसनको भनाई छ । अब बेलायतको भाग्य आफैंमा नीहित भएको प्रधानमन्त्री जोनसोनलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । गत जनवरी ३१ मै ईयूबाट बेलायत अलग भएपनि व्यापारसम्बन्धी नियम भने ब्रसेल्सकै पालना गर्दै आएको थियो । अब भने व्यापारमा समेत बेलायत पूर्ण रुपमा स्वतन्त्र भएको छ । विपक्षीले भने ईयूमा रहेको भन्दा खराब अवस्थामा बेलायत पुग्ने भन्दै आलोचना गरेका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक