20210106

विश्वकै प्रदूषित सहरको रुपमा सार्वजनिक भएसँगै प्रेस बिज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो !

  हिउँदमा हरेक वर्ष नेपालका प्रमुख सहरहरुमा वायु प्रदूषणको मात्राले खतराको घन्टी बजाउने गर्दथ्र्याे । सीमित स्रोत र साधननका बाबजुद वातावरण विभागले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दथे । मंगलबार बिहानदेखि काठमाडौं उपत्यका र नेपालका ठूला शहरमाथिको आकाश खुलेन । एकाएक नेपालका धेरै ठाउँमा वायु प्रदूषण‘खतराजनक’ अवस्थामा पुग्यो ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपालका सहरहरु विश्वकै प्रदूषित सहरको रुपमा सार्वजनिक भएसँगै वन तथा वातावरण मन्त्रालयको वन विभागको फोन नम्बरमा जवाफ फर्काउन नसक्ने अवस्था भएपछि प्रेस बिज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो ।

वातावरण विभागका कर्मचारी विगतका वर्षहरुमा भन्दा यो वर्षको हिउँदमा वायु प्रदूषण ‘खतराजनक’ अवस्थामा पुगेपछि वर्षा र चर्काे घाम कुरेर बसिरहेका थिए । बादलले माथिबाट छोपेर बसेपछि प्रदूषण बढेको ठम्याइ वातावरणविद्को थियो । मंगलबार नै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बुधबारबाट मौसममा सुधार आउने जानकारी गराउनुभएको थियो ।

हिउँदमा आकाश धुम्मिनु नौलाे हैन तर अहिले वातावरण प्रदूषणको तह ‘खतराजनक’ अवस्थामा पुग्नु चुनौतीपूर्ण विषय बनेको वातावरणविज्ञहरु बताउँछन् । वायु गुणस्तरको सूचकाङ्क(एक्यूआई) ले ५० सम्मलाई राम्रो ५१ एक्यूआइदेखि १०० सम्मलाई मध्यम, १०१ एक्यूआई १५० एक्यूआइसम्मलाई संवेदनशील, १५१ एक्यूआइदेखि २०० सम्मलाई अस्वस्थ ३०० एक्यूआइ हुनुलाई निक्कै संवेदनशील र ३०० देखि ४०० खतरापूर्ण र ४०० भन्दा माथिकोलाई निक्कै खतरापूर्ण मानिन्छ । मंगलबार नेपालका धेरै सहरमा खतराको घन्टी नाघेको थियो ।

मंगलबार काठमाडौको वायु प्रदूषणको मापन एकाइ एक्यूआई ४३७ पुगेर खतरनाक तह पार गरेको थियो । बुधबार बिहान ११ बजे भने रत्नपार्क क्षेत्रमा एक्यूआइ ११४ मापन गरिएको छ ।

पानी नपरेसम्म तर यो अवस्था केही समय रहन सक्ने भए पनि अब बिस्तारै सुधार हुँदै जाने संकेत देखिएको मौसमविद्ले बताएका छन् । वरिष्ठ मौसमविद् वरुण पौडेलले आजदेखि घाम लागेकाले बाक्लो भएको वायुमण्डलमा हावा फाटेर प्रदूषणको तह केही कम हुनसक्ने बताउनुभयो ।

लामो समयसम्म हावा नचल्ने वर्षा नहुँदा धूलो र धुवाँको तह वायुमण्डलमा जमेर बस्ने कारणले वायु प्रदूषण ‘खतराजनक’ अवस्थामा पुगे पनि बुधबार घाम लागेसँगै काठमाडौंको प्रदूषण विगतका वर्षहकै अवस्थामा आएको छ ।

विगतका वर्षका हिउँदमा काठमाडौं उपत्यका तथा नेपालका ठूला सहरहरुमा एक्यूआइ १५० देखि २०० हुने गरेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।

विगतका वर्षमा नेपालका ठूला सहरहरुमा प्रदूषणको मापन एक्यूआइ १५० देखि २०० हुने गरेकोमा यो वर्ष अत्यधिक देखिएको बताउनुभयो । भोलि बिहीबारबाट अघिल्ला वर्षहरुकै अवस्थामा फर्कने उहाँले स्पष्ट पार्नुभयो ।

यो वर्ष लामो समयदेखि वर्षा नभएको कारणले प्रदूषणको मात्रा बढेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले स्थानीय तहसँग मिलेर प्रदुषण कसरी कम गर्न सकिन्छ भनेर प्रयास थालेका छौ’ उहाँले भन्नुभयो ।

सहरहरुमा डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापन गरेर विद्युतिय गाडी संचालन, उपत्यकामा रहेको इँट्टा उद्योग विस्थापन, मास्ककाे प्रयोग, फोहोर नजलाउने कार्य गर्न उहाँले अनुरोध गर्नुभयो । मंगलबार काठमाडौं उपत्यकामा अत्यधिक देखिएको प्रदूषणको मात्रा निक्कै कम भए पनि बुधबार भने हेटौडा र विराटनगरमा मात्रा बढेको छ । विराटनगरमा यतिबेला १७० , हेटौडामा २३४, जनकपुर १९५, सौराहा १९१ रहेको उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो । - केशवराज पौडेल/गोप 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक