20210106

ओलीको कदम नेकपाका नेतालाइ तह लगाउन मात्रै होइन देशै सिध्याइदिन हो : माधव नेपाल

 नेकपा दाहाल नेपाल समूह अध्यक्ष माधब नेपालले प्रधानमन्त्री केपी ओलीको ध्वंसात्मक प्रवृत्तिले सवैलाई दुःख दिने बताएका छन । आज दाहाल नेपाल समूहले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओलीको कदम नेकपाका नेतालाइ तह लगाउन मात्रै भएको भन्ने नठान्न कांग्रेस लगायतका दललाई आग्रह गरेका हुन । अध्यक्ष नेपालले संसद विघटनको निर्णय व्यवस्थाविरुद्धको कदम भएको बताउँदै यसले नेकपा मात्रै नभएर देशै सिध्याइदिने बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका राष्ट्रिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । महन्थले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाई छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधि सभा विगठनको असर संविधान, गणतन्त्र र संगो राष्ट्रमाथि नै पर्ने बताए । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए ।।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक