20210111

पूर्वसभामुख दमननाथ ढुंगाना भन्छन - प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान नै विघटन हुन्छ

 काठमाडौं / एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालको संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा भएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने जिकिर समेत गरे । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान नै विघटन हुने चेतावनी दिए । उनले देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधिशहरु ज्ञानि भएकाले प्रतिनिधि सभा पुनर्स्थापना  हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा देश जनताको प्रतिनिधि मुलक संस्था विहिन बन्न नसक्ने भन्दै संसद पुनर्स्थापना  गरी प्रतिगामी हर्कत गर्नेहरुलाई उचित कानूनी दण्ड गर्नुपर्ने बताए । कार्यक्रममा देशलाई विभाजन गर्ने उद्देश्यले प्रतिनिधि सभाको विघटन गर्न खोजिएको सहभागिहरुले बताएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक