20210111

नेपालमा खोपको उपलब्धताका लागि रुस, भारत र संयुक्त अरब लगायतका देशसँग आवश्यक सम्पर्क तथा छलफल

 काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप समयमै उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले बताउनुभएको छ । आज मन्त्रालयमा पत्रकार भेटघाटका क्रममा मन्त्री त्रिपाठीले खोप विकास भएका निश्चित देशहरुसँग सम्पर्क तथा समन्वयको कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले नेपालमा खोपको उपलब्धताका लागि रुस, भारत र संयुक्त अरब लगायतका देशसँग आवश्यक सम्पर्क तथा छलफल भइरहेको बताउनुभयो । समयमै खोप उपलब्ध हुनेमा ढुक्क रहन आग्रह गर्नुहुदै मन्त्री त्रिपाठीले खोप

केन्द्रको सञ्चालन, भण्डार, ढुवानी लगायतका सन्दर्भमा सरकार तयारी अवस्थामा रहेकाले खोप प्राप्त भएको ७ दिन भित्रमा कार्य सञ्चालन गरिने बताउनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक