20210111

नेपाल पत्रकार मञ्चको सम्पन्न छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन

 काठमाडौं । नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुँयाल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् । नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा रहेको मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेको अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए।

नब निर्बाचित अध्यक्ष युवराज विद्रोही सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई नेपाल मदर डट कमको तर्फबाट । 


             - Nepalmother.com Family

         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक