20210123

नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख - रामप्रसाद खनाल


टाउको र ढाड चिलायो रे उनको !

 तिम्रो टाउको चिलाउँदा,  

मैले लाठी किन खाने ? 

तिम्रो ढाड चिलाउँदा,

म नारा जुलुशमा किन जाने ?

अस्ति  गाउँ पसेर जनता लुट्यौ 

हिँजो शहर पसेर देश लुट्यौ 

सत्र हजार निर्दोस मानिसहरुलाई, 

मकै भुटे जस्तै भुट्यौ !

मिलेर लुट्न जुट्यौ 

भाग नमिलेर फुट्यौ 

होइन भने भनत ए नालायक,

शीशा जस्तै फेरी किन टुट्यौ ??

तिम्रै टाउको फोड अब 

के के बाँकी छ तोड्न,

तोड अब !

देश र जनताको नाम भजाउन,

छोड अब !

ए पापी मनुस्य 

ए दुस्ट मनुस्य 

जे जे गर्नु छ गर अब

तिमी बाँचेर के अर्थ भो र ! 

देश र जनताका लागि मर अब । 

- रामप्रसाद खनाल, माघ ८, २०७७           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक