20210103

ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता : प्रधानमन्त्री केपी शर्मा ओली

Image may contain: 1 person

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको भेलामा संसद् पुनस्थापना हुने वा निर्वाचन पर सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता भएको हुनाले कसैले रोकेर नरोकिने बताउनुभयो ।

Image may contain: 1 person, sitting and on stage

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र लिपुलेक समावेश गरी जारी भएको नयाँ नक्सा अनुसारको भूमि भोग चलनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै व्यक्तिगत लाभ वा जस लिने उद्देश्यले नभई राष्ट्रको हितका लागि काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्ष नेकपाका केही नेताहरू सरकार र पार्टी नेतृत्वको विरुद्ध षड्यन्त्र रच्नमा नै व्यस्त रहेका कारण पार्टी कमजोर र निष्क्रिय बन्न पुगेको बताउनुभयो ।

उहाँले पार्टीको मूल नेतृत्वलाई जानकारी नै नदिई सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्न पटक–पटक गुटगत भेला गर्नमा नै नेताहरू व्यस्त रहेको आरोप लगाउनुभयो ।

Image may contain: one or more people, crowd and indoor

प्रधानमन्त्री ओलीले युवा विद्यार्थीहरूलाई अनुशासित र मर्यादित बन्दै समाजमा उदाहरणीय काम गर्न आग्रह समेत गर्नुभयो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका केही नेताका पुरा हुनै नसक्ने पदीय आकाङ्क्षाका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।

Image may contain: 3 people, crowd

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मुलुकको स्थायित्वका लागि नयाँ निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पछिल्लो राजनैतिक घटनाक्रम र उतार–चढावलाई सामना गर्दै अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 

- Radio Nepal 

Image may contain: one or more people, crowd and indoor






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक