20210108

नेपालमा चार जना पूर्व प्रधान न्यायाधीशहरुको सामुहिक बिज्ञप्ती, सर्बोच्च अदालत माथि दबाबै दबाब !

सर्बोच्च अदालतमा बिचाराधिन मुद्धामा प्रचण्ड, माधव, ओली देखी थुप्रैले आ आफ्नो पक्षमा  प्रभाब पार्न त खोजिरहेकै थिए, जुन पूर्ण रुपमा गलत र भद्दा मजाक थियो नै । ४ जना पूर्व प्रधान न्यायाधीशहरुको बिज्ञप्ती हेर्दा झन निराश भइयो । के सर्बोच्च अदालतमा बिचाराधिन मुद्धामा यसरी प्रभाब पार्न खोज्नु राम्रो हो र ?? देशका सबै संबैधानिक निकाय पङ्गु बनाउने खेल र झेलमा सर्बोच्च अदालतलाई पनि पार्ने काम भएन र ?? हुन त अदालतमा जब भागबण्डामा दल र नेताका झोलेहरु न्यायाधीश बन्छन त्यहाँ न्यायको के कुरा भयो र तै पनि अदालत पनि यसै गरी बिबादित बनाउने हो भने भोली के हुन्छ हँ ?? चिन्ता बुढी मरिन भन्ने होइन काल पल्क्यो भन्ने हो ! यो त अलि हजम भएन है श्रीमानहरु ! थाहा छैन कुन पाचक खानुपर्ने हो हजम हुन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक