20210108

सुदुर पश्चिममा नेकपा ओली समुहको आमसभा : आफू १४ बर्ष जेल बसेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओली

राम्रो गरेकाले होइन, बदनाम प्रचण्डका कारण उखाने ओलीलाई साथ दिंदै सुदुर पश्चिम ! 
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने बताउनु भएको छ । कैलालीको धनगढीमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारको सिफारिस अनुसार निर्वाचन आयोग निर्वाचनको तयारी लागेको छ, प्रतिनिधिसभाको निर्वाचन हुन्छ ढुक्क रहनुहोस्, भन्नुभयो । उहाँले आगामी निर्वाचन भ्रष्ट र राष्ट्रहित विपरित काम गर्ने नेतालाई पाखा लगाउने अवसरको रूपमा लिन समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भनेर संसद् विघटनको सिफारिस गरेको उल्लेख गर्नुहुँदै अब निर्वाचनबाट प्रतिनिधिसभा गठन हुने बताउनुभयो ५० बर्ष अगाडी गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिएर आफू १४ बर्ष जेल बसेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले आफूलाई गणतन्त्रवादी होइन भनेर कुर्लिएको देखिन्छ, भन्नुभयो । प्रधानमन्त्री ओलीले फाटो तिर नभई एकतातिर अघि बढौँ भनी आफूले आग्रह गरेको उल्लेख गर्नुहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाललगायतका नेताहरू किन बैठकमा आएनन् भनेर खोजी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउनु, भ्रष्टाचारको अन्त्य गर्नु र नेपाली जनतालाई सुखी नेपाली बनाउने गरी सरकारले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो । उहाँले कृषिको आधुनिकिकरण गरी आयात प्रतिस्थापन गर्न तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै आरक्ष पीडित, भूमिहीन, सुकुम्वासीलगायतका समस्या समाधानका लागि सरकारले भूमि सम्बन्धी समाधान आयोगमार्फत काम गरिरहेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेटको कमी हुन नदिने उल्लेख गर्नुहुँदै धनगढी विमानस्थलको स्तरोन्नति, उरै–ताक्लाकोट जोड्ने सडक निर्माण, गेटा मेडिकल कलेज, महाकाली पुल, दैजी–श्रीपुर औधौगिक क्षेत्र, महाकाली सिँचाई आयोजनालगायतका विकास आयोजनाको काम भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजनाका सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभयो । जनसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री प्रेम आले लगायतले बोल्नु भएको थियो । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी, नेतृ निरु पाल लगायतका नेताहरूको सहभागिता थियो । जनसभामा प्रधानमन्त्रीले विभिन्न मागसहितका तीन वटा ज्ञापन पत्र बुझ्नुका साथै विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक