20210127

आफ्नै भाइ, काका र आफन्त मिलेर सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि

  रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि भएको हत्यामा ंसंलग्न ६ जना पक्राउ परेका छन् । माघ ६ गते मायादेवी गाउँपालिका–७ गरगट्टीमा जलेको अवस्थामा सव फेला परेको थियो । सवको अनुसन्धान गर्दा सियारी गाउँपालिका वडा नम्बर २ बस्ने राजेन्द्र यादवको रहेको खुलेको थियो । हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरि आज भैरहवामा सार्वजनिक गरिएको छ । 

यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताउनुभयो ।

पक्राउ पर्नेमा मृतकका काका रामबेलास यादव, उनका सम्धी बुद्धिराम कोहार, हत्यामा संलग्न मूख्य ब्यक्ति सन्त कुमार यादव र बिरेन्द्र यादव सहयोगीहरु आफताब मुसलमान र राकेश यादव पक्राउ परेको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । हत्यामा संलग्न सोनु मुराव र मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजीत यादव भने फरार रहेको प्रहरीको भनाई छ ।

मृतकका काकाले मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।

राजेन्द्रलाई स्थानीय भट्टी पसलमा मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाई बेहोस बनाएपछि पाइपले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि राजेन्द्रको मृत शरीरलाई घटनास्थलबाट घिसारेर केही तल पु¥याई पेट्रोल छर्केर आगो लगाइएको थियो ।

मृतक राजेन्द्र यादवको बाबु रामसुभग यादव सर्पले डशेर मृत्यु भएपछि उनको आमा गुलमती यादवलाई काका रामबेलास यादवले विवाह गरेका थिए । गुलमती र रामबेलासका तर्फबाट पनि ३ छोरा नरेश यादव, विरेन्द्र यादव र जोगेन्द्र यादव भएपछि मृतक करिब १५÷१६ बर्षदेखी भारत बस्दै आएका थिए । जान्ने भएपछि गत वर्ष राजेन्द्र फर्केर नेपाल आए र बाबु काका रामबेलास यादवसँग अंश माग गर्न थाले । अंश मुद्दा दिएका राजेन्द्रलाई रुपन्देही जिल्ला अदालतबाट मिलापत्र गरि साढे १४ कठ्ठा जग्गा अंश परे पनि अन्ततः उनि त्यो जग्गा भोग भने गर्न पाएनन् । राजेन्द्रलाई जग्गा नदिने सोच बनाइसकेका उनका काका बाबु रामबेलास र भाइ विरेन्द्रले हत्या गर्ने योजना बनाएका थिए । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक